काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिक बदली रही देशका तराईका भू-भागमा हुसु /कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । रातिमा भने देशको उच्च पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
त्यस्तै, सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !