सिराहा । रातको समयमा तस्करी भइरहेको अवस्थामा कपडा बरामद गरिएको छ । सिरहाको सिमावर्ती नवराजपुर गाउँपालिका वडा नम्बर ५ झाझपट्टि नाकाबाट सशस्त्र प्रहरीले लाखौंको भन्सार छलीको समानसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवराजपुर ३ जगतपुरका श्रीराम यादव रहेका छन् । यादवले भन्सार छलेर ल्याएको करिब ४ लाख बराबरको बच्चाको कपडाहरु बरामद गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट नवराजपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ( इन्सपेक्टर ) प्रकाश पाण्डेले जानकारी दिए ।
‘रातको समयमा कपडा तस्करी हुने गरेको पाइयो,’ उनले भने, ‘सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई पनि छल्न सजिलो हुने भएकाले तस्करले दिउँसो भन्दा राति बढी अवैध ओसारपसार गर्ने गरेका हुन् ।’ लुकिछिपी तस्करी चलाउने गरेको पाइएपछि नियन्त्रण गर्न सशस्त्रको विशेष टोली परिचालन गरिएको उनको भनाइ छ ।
उनले बरामद समान आवश्यक कारबाहीका लागि इनर्वा ठाडी भन्सारमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !