ललितपुर । एमालेभित्र बिद्रोहको क्रम जारी छ । केपी ओलीले जिल्ला अधिवेशनमा जबर्जस्ती बालकोटबाट तोकिएको नाम बाचन गर्न लगाएपछि काठमााडौं जिल्लामा उपाध्यक्ष बनाइएका नवराज पराजुलीले दीपक निरौला जस्ताको नेतृत्व स्वीकार्न नसकिने भन्दै सपथ नै गरेका छैनन् ।

पटक पटक चुनाव जितेका सांसद रामवीर मानन्धरलाई समेत अपमानित गर्दै बहुसंख्यक नेता–कार्यकर्ताको भावनाविपरीत शितलनिवास र बालकोटबाट दीपक निरौलाको नाम बाचन गर्न कृष्णगोपाल श्रेष्ठलाई बाध्य पारिएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बधाई समेत दिएका छैनन् ।
रामबीर मानन्धरले त दीपक निरौलालाई अध्यक्ष बनाउन खेलिएको हर्कतले काठमाडौं एमाले भद्रगोल भएको र अब चुनाव नै नजित्ने ठोकुवा गरेका छन् । पंचायनकालमा राजदरबारको जस्तै केपी ओलीको भारदारी सभाले मनलागी ढंगले दीपक निरौलालाई काठमाडौंको अध्यक्ष बनाएको आरोप मानन्ध।ले लगाएका छन् ।
काठमाडौंमा दीपक निरौलालाई अध्यक्ष बनाएकाले एमालेभित्र ठूलो असन्तुष्टि छ भने ललितपुरमा त बिद्रोह नै भएको छ । एमाले निर्माणका लागि महत्वपूर्ण योगदान गरेकाहरुलाई नेतृत्वमा आउनै नदिने अध्यक्ष केपी ओलीको एकसूत्रीय षडयन्त्रको शिकार भएका ललितपुर एमालेका नेता श्यामकृष्ण सिलवाल आज नेकपा (एकब्ीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।
सिलवाल एमालेका उपाध्यक्ष थिए । एमाले ललितपुरको गएको पुस २३ मा भएको जिल्ला अधिवेशनले उपाध्यक्ष सिलवाललाई सहमतिका साथ अध्यक्ष बनाउनुपर्ने पक्षमा निर्वाचन गर्न खटिएकी सुशीला नेपाल, प्रदेश र्सासद चेतनाथ संजेल, पूर्व अध्यक्ष मधुसुदन पौडेल थिए । तर बालकोटबाट ओलीले पुरुषोत्तम पौडेललाई अध्यक्षमा टीका लगाउन निर्देशन दिएपछि सुशीला नेपाल र हरिकृष्ण ब्यन्जनकारले त्यही निर्देशन मन नमाने पनि पालना गरेका थिए ।
सिलवाल ललितपुर एमालेका जनाधार भएका नेता हुन् । उनको गोदावरी नगरपालिकामा राम्रो पकड छ । २०७४ बैशाखमा भएको स्थानीय निर्वाचनमा उनी गोदावरी नगरपालिकाको मेयरका उम्मेदवार थिए । उक्त निर्वाचनमा उनले नेपाली काँग्रेसका गजेन्द्र महर्जनसँग २ हजार ७३३ मतले हारेका थिए । महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका थिए भने श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत पाएका थिए ।
जिल्ला अधिवेशनमा अघिल्लो कमिटीका उपाध्यक्ष सिलवाललाई अध्यक्ष बनाउनुपर्नेमा केपी ओलीको भारदारीसभाले पुरुषोत्तम आचार्यलाई सहमति भन्दै जबर्जस्ती अध्यक्षमा टीका लगाएपछि एमाले ललितपुरमा बिद्रोह सुरु भएको छ । सिलवालको बिद्रोहसँगै एमाले ललितपुर क्षेत्र नम्बर १ मा कमजोर भएको छ । यसअघि सिलवालकै कारण पूर्वडीआइजी नवराज सिलवालले एमालेमा प्रवेश गरेलगत्तै प्रतिनिधिसभामा चुनाव जितेका थिए । अब उनलाई चुनाव जित्न सहज छैन ।
बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !