धनगढी । धनगढीमा एक जना प्रहरी मृत अवस्थामा भेटिएका छन् परेका छन् । धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी बुधबार आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

मृत भेटिएका जोशी सुदूरपश्चिमको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पीएसओ अर्थात निजी सुरक्षाकर्मी समेत हुन् । जोशी बिरामी भएर आइतबारदेखि घरमै आराम गरिरहेका थिए ।
जोशी कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको बताइएको छ । परिवारका सदस्य आज घर आउँदा ढोका बन्द देखेपछि झ्यालबाट हेरेर बोलाउँदा उनी नबोलेपछि ढोका फुटाएर हेर्दा मृत भेटिएका हुन् ।
उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

















