काठमाडौं । नेपालमा प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारीले प्रयोग गर्ने ३० वटा विद्युतीय उपकरण काठमाडौंमा बरामद भएको छ ।क्रिप्टोकरेन्सीको पासवर्डलाई सुरक्षित राख्ने प्रायोजनमा समेत प्रयोग हुने ‘डिजिटल वालेट’ नामक उपकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा बरामद भएको हो ।

त्रिभुवन विमानस्थलबाट करिब १ महिनाअघि भन्सार कार्यालयले बरामद गरेको क्रिप्टोकरेन्सी डिभाइस ‘जफत’ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राय दिएको छ । हङकङबाट ल्याएको डिभाइस शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धान गरिदिन आग्रह गरेको थियो ।
अनुसन्धान गर्दा सो डिभाइस ‘क्रिप्टोकरेन्सीमा प्रयोग हुनसक्ने’ देखिएको सीआईबीका डिआईजी धिरज प्रताप सिंहले बताए । उनले भने–‘डिभाइस के हो ? भनेर विमानस्थल भन्सार कार्यालयले हामीलाई अनुसन्धान गर्न भनेको थियो, अनुसन्धानपछि सो डिभाइस जफत गर्न राय सहितको प्रतिवेदन बुझाएका छौँ ।’
हङकङबाट आएका ती सामग्रीप्रति शंका लागेपछि विमानस्थल भन्सार कार्यालयले परीक्षणका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाएको थियो । ब्यूरोका डीआईजी धिरजप्रताप सिंह भन्छन्, ‘यो सामग्री क्रिप्टोकरेन्सी कारोबार गर्नेले पनि प्रयोग गर्छन् भन्ने खुलेको छ, त्यसैले नष्ट गर्ने प्रक्रिया थालेका छौं ।’उनका अनुसार विमानस्थल भन्सारले केही साताअघि नै सामग्री जाँचका लागि पठाए पनि हालै नष्ट गर्ने प्रक्रिया अघि बढेको छ ।
प्रहरीका अनुसार यो सामग्री कम्प्युटरमा भएका अन्य फाइल वा पासवर्डहरुलाई लुकाउन पनि प्रयोग हुन्छ । ‘क्रिटोकरेन्सीको डिटेल लुकाउन पनि प्रयोग हुने गर्छ’ सिंह भन्छन्, ‘यो सामग्री चाहिँ के प्रयोजनका लागि नेपाल ल्याइएको थियो भन्ने स्पष्ट भइसकेको छैन ।’यो सामग्री अष्ट्रेलियामा बस्ने व्यक्तिले अनलाइनमार्फत खरिद गरेर नेपाल पठाएको खुलेको अधिकृतहरु बताउँछन् । बरामद उपकरणहरु हालसम्म प्रयोग भएका छैनन् ।
सो सफ्टवेयरले पासवर्डलाई सुरक्षित बनाउने अनुसन्धानबाट थाहा भएको छ । पेनड्राइभ आकारका ती सफ्टवेयर भन्सार जाँच पासका क्रममा भेटिएपछि बरामद गरिएको थियो । सो डिभाइसको बाहिर लेखिएको ‘डिजिटल वालेट थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !