Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राष्ट्रिय सभामा एमाले अझै ठूलो दल

राष्ट्रिय सभामा एमाले अझै ठूलो दल

काठमाडौं । राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। १९ मध्ये १८ पदमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। बाँकी एक ठाउँमा एमालेका उम्मेदवार विजयी भएका हुन्। प्रदेश १ मा ‘अपांगता भएको व्यक्ति वा अल्पसंख्यक’ क्लस्टरअन्तर्गत भएको प्रतिस्पर्धामा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पाले जित निकालेका हुन्।

१८ पदमा सत्ता गठबन्धनका उम्मेदवार नै विजयी हुँदा पनि सत्ता गठबन्धनलाई राष्ट्रिय सभामा दुई तिहाइ पुर्याउन एक जना सांसद अपुग भएको हो । चारवर्षे कार्यकाल पूरा गरी विदा हुन लागेका १९ राष्ट्रिय सभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनले सातै प्रदेशमा जित्ने आश राखेको थियो । तर, एमालेलाई ‘क्लिनस्वीप’ गर्ने योजना प्रदेश १ बाट राष्ट्रियसभा सदस्यका एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पाले विफल पारिदिए ।

गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का हेमराज राईले ४ हजार ३६८ मत पाउँदा एमाले उम्मेदवार शेर्पा ४ हजार ७५२ मतभार प्राप्त गर्दै विजयी भए । ५९ सदस्यीय राष्ट्रिय सभामा हाल एमालेका अध्यक्षसहित २४ सांसद छन् । तीमध्ये बुधबारको निर्वाचनसँगै एमालेको ७ वटा सिट घटेको छ । र अब राष्ट्रिय सभामा एमालेका अध्यक्ष सहित १७ जना सांसद रहनेछन् ।

सातै प्रदेशमा गरी १९ पदका लागि भएको निर्वाचनमा ४३ जना प्रतिस्पर्धी थिए।निर्वाचनमा सत्ता गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा)ले साझा उम्मेदवार उठाएका थिए। त्यस्तै, मधेश प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका थिए। गठबन्धनका १८ मध्ये कांग्रेसले ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले ५/५, जसपा र राजमोले १/१ पदमा जित निकालेका हुन्। राजमो पहिलोपटक राष्ट्रिय सभामा पुगेको हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार, प्रदेश १ मा महिलाबाट जयन्तीदेवी राई, अपांगता/अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पा र अन्यबाट गोपालकुमार बस्नेत विजयी भएका छन्। त्यस्तै, मधेश प्रदेशमा महिलाबाट उर्मिला अर्याल र अन्यबाट मोहम्मद खालिद विजयी भएका छन्। बागमती प्रदेशमा महिलाबाट गोमादेवी तिमिल्सिना र अन्यबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन्। गण्डकी प्रदेशमा महिलाबाट कमला पन्त, दलितबाट भुवनबहादुर सुनार र अन्यबाट सुरेशकुमार आलेमगर विजयी भएका छन्।

लुम्बिनी प्रदेशमा महिलाबाट राजेन्द्रलक्ष्मी गैरे, दलितबाट तुलप्रसाद विश्वकर्मा र अन्यबाट युवराज शर्मा विजयी भएका छन्। कर्णाली प्रदेशमा महिलाबाट दुर्गा गुरुङ, अपांगता/अल्पसंख्यकबाट नरबहादुर विष्ट र अन्यबाट उदयबहादुर बोहरा विजयी भएका छन्। सुदूरपश्चिम प्रदेशमा महिलाबाट मदनकुमारी शाह (गरिमा), दलितबाट जगतबहादुर पार्की र अन्यबाट नारायणदत्त मिश्र विजयी भएका छन्।

आगामी फागुन २० पछि एमालेका ८, कांग्रेसका ३, माओवादी केन्द्रका ४ र एकीकृत समाजवादीका ४ जनाको पदावधि सकिन्छ। त्यस्तै राष्ट्रपतिबाट मनोनीत एक जना रामनारायण बिडारीको पनि पदावधि सकिन्छ। उनी माओवादीनिकट हुन्।

निर्वाचनको मतपरिणामअनुसार, फागुन २० पछि राष्ट्रिय सभामा एमालेका १७ जना, माओवादी केन्द्रका १५ जना, नेपाली कांग्रेसका १० जना, एकीकृत समाजवादीका ८ जना, जसपाका ३ जना, लोसपाका १ जना, राजमोका १ जना, स्वतन्त्र १ जना र राष्ट्रपतिबाट मनोनीत ३ जना हुने छन्।स्वतन्त्र सांसद खिमलाल देवकोटालाई माधवकुमार नेपालले तत्कालीन विपक्षी गठबन्धनको आडमा जिताउन भूमिका खेलेका थिए। त्यसैले उनलाई एकीकृत समाजवादीनिकट मानिन्छ।

राष्ट्रपतिबाट मनोनीत तीनै जना विमला राई पौडेल, रामनारायण बिडारी र वामदेव गौतमलाई केपी ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो। तर, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र एमाले पनि विभाजन भइसकेको छ। बिडारी पहिलेदेखि नै माओवादी केन्द्रनिकट थिए। गौतम पनि एमालेबाट अलग्गिसकेका छन्। अब राई मात्रै एमालेनिकट छिन्। एमाले नेतृत्वकै सरकारको सिफारिशमा मनोनीत भएका दुई सदस्य पनि छन् । वामदेव गौतम र विमला राई पौड्याल । तर, गौतम भने एमालेबाट राजीनामा दिएर बसेका छन् ।

यसरी राष्ट्रिय सभामा एमालेको पक्षमा खुल्ने प्रष्ट सांसदको संख्या १८ मा सीमित भएको छ ।एमालेसँग गठबन्धन गरिरहेको लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि राष्ट्रिय सभा सदस्य छन् । यसरी पाँचदलीय गठबन्धन बाहिरबाट राष्ट्रिय सभामा १९ सांसद छन् । बाँकी ४० मध्ये ३९ सांसद पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट हुनेछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दुई तिहाइ पुग्न ३९.३२ प्रतिशत अर्थात् ४० संख्या आवश्यक पर्छ । जुन पाँचदलीय गठबन्धनले पुर्‍याउन सकेन । बाँकी रहेका मनोनीत सांसद वामदेव गौतम कतै खुलेका छैनन् ।

गौतमले साथ दिए भने राष्ट्रिय सभामा सत्ता गठबन्धनलाई दुई तिहाइ पुग्नेछ । गौतम मनोनीत सांसद भएकाले उनलाई दलीय ह्वीप लाग्दैन । उनले दल त्याग गरेको कारणले सांसद पद जाँदैन । मनोनीत सांसदलाई सरकारले फिर्ता बोलाउने व्यवस्था पनि छैन ।

राष्ट्रपतिबाट मनोनीत हुने तीन जनामध्ये कांग्रेसबाट प्रतिनिधित्व भएको छैन। २०७४ सालमा त्यतिबेला प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले गरेका तीन जनाको सिफारिस राष्ट्रपतिले अनुमोदन नगर्दा मनोनीत हुन सकेका थिएनन्। पछि केपी ओली नेतृत्वमा सरकार बनेपछि देउवा सरकारको सिफारिस खारेज गरेर एमाले र माओवादी केन्द्रले भागबण्डा गरेर नयाँ सिफारिस/मनोनीत गरेका थिए। ९ सदस्यीय राष्ट्रिय सभामा ७ वटै प्रदेशबाट ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र राष्ट्रपतिबाट तीन सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुने भए पनि गोलाप्रथाबाट पहिलो पटकका लागि २, ४ र ६ वर्ष निर्धारण गरिएको थियो । सोही अन्तर्गत चारवर्षे कार्यकाल पूरा गरेर १९ जना बिदाइ हुने भएपछि खाली सिटका लागि बुधबार निर्वाचन भएको हो । जसबाट कांग्रेसका ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ५-५, जनता समाजवादी पार्टीको एक र राष्ट्रिय जनमोर्चाका एक जना निर्वाचित भए । त्यस्तै नेकपा एमालेका पनि एक जना निर्वाचित भएका छन् ।

चुनावी परिणामसँगै माओवादी केन्द्रले एक सिट बढाएर १५, नेपाली कांग्रेसले तीन सिट बढाएर १०, एकीकृत समाजवादीले एक सिट बढाएर ८, जनता समाजवादी पार्टी (जसपा)ले १ सिट बढाएर ३ पुर्याएको छ । ७ सिट गुमाउँदा पनि राष्ट्रिय सभामा एमाले सबैभन्दा ठूलो दलकै रुपमा कायम छ । मनोनीत बाहेक एमालेसँग अध्यक्षसहित १८ सांसद छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh