Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मानव तस्करीलाई रोक्न कार्यदल
अलपत्र पार्ने म्यानपावर र दलाललाई कारबाही

मानव तस्करीलाई रोक्न कार्यदलअलपत्र पार्ने म्यानपावर र दलाललाई कारबाही

काठमाडौं । गृह मन्त्रालयले भ्रमण भिसाको दूरुपयोग गरी हुने गरेको मानवतस्करीलाई रोक्न कार्यदल बनाउने भएको छ । सिंहदरबारमा मंगलबार बसेको गृह मन्त्रालय, श्रम मन्त्रालय तथा सरोकारवाला निकायसहितको छलफलमा गृह मन्त्रालयले मानवतस्करीलाई रोक्न कार्यदल बनाउने जनाएको हो ।छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले भ्रमण भिसाको दूरुपयोग गर्दै मानवतस्करी हुने गरेको र यसले गर्दा विभिन्न मुलुकमा नेपालीहरुले दुःख पाउने गरेको बताए ।

भ्रमण भिसालाई दूरुपयोग हुन नदिनका लागि कार्यदल नै बनाएर नियमन गर्नुपर्ने उनको भनाइ छ ।मन्त्री खाँणले भ्रमण भिसामा गएर काम गर्ने र पछि समस्यामा पर्ने देखिएकाले यसमा सरकार गम्भीर रहेको भन्दै भ्रमण भिसालाई अन्य प्रयोजनमा दूरुपयोग नगर्न सजकता अपनाउनुपर्ने बताए ।त्यस्तै श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुमाथि विचौलियाहरुले ठगी गरेको उल्लेख गर्दै १० हजार शुल्कका बिषयमा पनि अब पुनरावलोकन गर्नुपर्ने देखिएको धारणा राखे । बैदेशिक रोजगारमा गएर समस्यामा परेका नेपालीको समस्या सम्बोधन गर्न छुट्टै निकायको आवश्यता देखिएको उनको भनाइ छ ।

सरोकारवालाहरुले सेटिङमा हुनेगरेको मानवतस्करी रोक्न चुनौती देखिएको भन्दै सबै निकायबीच समम्वयनकारी भूमिका हुनुपर्नेमा जोड दिएका थिए । मंगलबार एक अपील जारी गर्दै उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्याई दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयौं गुनासो आउने गरेको बताएका छन् ।

‘नेपाली युवाहरु रोजगारी पाउने आशामा दलाललाई लाखौं रकम तिरेर भिजिट भिसामा जानेहरु ठगीमा पर्ने, अलपत्र पर्ने तथा नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्करहरुको सञ्जालमा समेत पर्ने देखिएको छ,’ उनले भनेका छन् ।आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु ट्राभल्स सञ्चालकहरु, दलाल तथा विचौलियाहरु संलग्न रहेको पाइएको र उनीबहरुबारे उजुरी पनि आएको मन्त्रीले जानकारी दिएका छन् ।

वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको मन्त्री श्रेष्ठले बताएका छन् । मन्त्री श्रेष्ठका अनुसार समस्या समाधानका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको छ ।

मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पु¥याई नेपाली युवाहरुलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरेका छन् ।

उनले ठगीमा परेका नागरिकहरुले आफ्ना गुनासोहरु सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि आग्रह गरेका छन् । उनले दलालहरुबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरुको खोजि, श्रम सम्झौता र विभिन्न देशका कुटनीतिक नियोगहरुसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको बताएका छन् । उनले दलालहरुले नेपाल सरकारले प्रतिबन्ध गरेका देशहरुमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगिरहेको भन्दै त्यसतर्फ सचेत भई यस्ता काम हुन नदिन मन्त्रालयमा सम्पर्क गरेर सहयोग गर्न पनि आग्रह गरेका छन् ।‘म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइसकेपछि श्रमीकहरुको हकहितको लागि असाध्यै जिम्मेवार तरिकाले लागेको छु ।

यसै सिलसिलामा हामीले विभिन्न छड्के अनुगमनदेखि लिएर विभिन्न नयाँ नयाँ गन्तव्यहरुको खोजी कार्यदेखि लिएर, श्रम सम्झौता गर्नेदेखि लिएर विभिन्न देशका कुटनीतिक नियोगदेखि सबैसँग भेटघाटको क्रमलाई तीव्र बनाएका छौँ । यसै सिलसिलामा केही दिनदेखि यूएईमा अलपत्र परेका कामदारहरुको विषयमा पनि सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भने ।‘पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पु-याइ दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अफ्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयाैँ गुनासो आउने गरेको छ ।

विभिन्न सञ्चारमाध्यमबाट होस् वा मेरो आफ्नो मोबाइलमा फोन गरेर यी गुनासोहरु आउने गरेका छन् । नेपाली युवाहरु रोजगारी पाउने आशामा दलालहरुलाई लाखौँ रकम तिरेर भिजिट भिसामा जानेहरु ठगीमा पर्ने, अलपत्र पर्ने तथा नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्कहरुको सञ्जालमा समेत पर्ने देखिएको छ’ उनले भने ।

‘आकर्षक रोजगारी लगाइदिने भन्दै भिजिट भिसामा यूएई पु-याएर अलपत्र पार्ने काममा म्यानपावर कम्पनी, कन्सलटेन्सीहरु, ट्राभल सञ्चालकहरु र विभिन्न दलाल तथा विचौलियाहरु संलग्न रहेको पाइएको छ । उनीहरु बारे उजुरी पनि आएको छ । वैदेशिक रोजगार ऐन बिपरित भिजिट भिसाको रुपमा श्रमीकहरुलाई अलपत्र बनाउने नाममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ’ उनले भने ।

‘तत्काल यो समस्याको समाधान गर्न र यसलाई कसरी निर्मुल बनाउन सकिन्छ भनेर गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि ज्यूहरु सम्मिलित एउटा अधिकार सम्पन्न कार्यदल आजमात्रै हामीले गठन गरेका छौँ । यसरी अलपत्र पारेको, ठगीमा परेको, विविध समस्या तथा अफ्ठ्यारोमा पर्नु भएको छ भने त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनीहरुबारे जानकारी गराइ सहयोग गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु । त्यसका लागि मेरो सचिवालयको मोबाइल नम्बर ९८२३३५६७०४ र ९८२३३५६७०६ मा सिधा सम्पर्क गरी गुनासा, आफूलाई परेका समस्याहरु, टिपाउन सक्नुहुनेछ ।

र अन्त्यमा प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानको लागि पनि हार्दिक आग्रह गर्दछु’ उनले भने ।उनले वैदेशिक रोजगारीमा जानेहरुले प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गरेका छन् ।
। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ज्यूले साउदी अरवको जेद्धा स्थित कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन् ।

शनिवार विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो प्रकाशित भएपछि आइतवार नेपाली दुतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उनी रहेको स्थानमा गइ उनको अवस्थाबारे जानकारी लिएको र उपचारका लागि स्थानिय अस्पतालमा लगेको
थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh