काठमाडौं।अबैध विदेशी मुद्रा सहित काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इशाक खान र इब्राहिम खान रहेका छन् ।

प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा उनीहरुको चेकजाँच गर्नेक्रममा अमेरिकी डलर १५,००१, साउदी रियाल ६१०, ओमानी रियाल ३६, युएइ डिनार ९२०, भारतीय रुपैया २,००० बरामद गरेको थियो । प्रहरीका अनुसार आइतबार उनीहरु काठमाडौँबाट दुबई जान लागेका थिए ।
उनीहरुलाई अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !