Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र प्रहरी दिवसः समान कल्याणकारी योजना


सशस्त्र प्रहरी दिवसः समान कल्याणकारी योजना

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रमबाट सुरु भएको २१ औं सशस्त्र प्रहरी दिवस–२०७८ अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितीमा विशेष कार्यक्रमसँगै समापन भएको छ ।


कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई एक अब्बल सुरक्षा निकायको रुपमा स्थापित गर्ने सिलसिलामा शहीद भएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान तथा त्यागको स्मरण गरे।


उनले सांगठानिक बिकासमा महत्वपूर्ण योगदान पुर्‍याएका अवकाश प्राप्त अग्रज संगठन प्रमुखहरु एवं पूर्व राष्ट्रसेवकहरुको साथै वहालवाला सकल दर्जाका राष्ट्रसेवकहरुले पु¥याएको योगदान र कर्तव्य परायणताको मुक्तकण्ठले प्रशंसा गर्दै कर्तव्यपालनको सिलसिलामा शारिरीक क्षती व्यहोरेका राष्ट्रसेवकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उक्त विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले वर्ष जवान–२०७८ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार पारस खाम्चालाई वर्ष जवानको ट्याग प्रदान गरे ।


महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गरेको विशेष समारोहमा देशभरका एकाईहरुमध्ये सर्वोत्कृष्ट ठहरीएका बाहिनी, तालिम शिक्षालय, गण हेक्वा, गुल्म हेक्वा तथा बोर्डर आउट पोष्टलाई रनिङ्ग अवार्ड समेत प्रदान गरे ।त्यसैअवसरमा उनले विभिन्न प्राकृतिक प्रकोपबाट पीडित बहालवाला तथा अवकाशप्राप्त १३ जना राष्ट्रसेवकहरुलाई नगद राहत उपलब्ध गराउनुकोसाथै संगठनलाई अनुकरणीय सहयोग पु¥याउनुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई समेत कदरपत्र प्रदान गरे ।


यसैगरी अमर सशस्त्र प्रहरीका ७२ जना सन्ततिहरुको शिक्षाको लागि वार्षिक रुपमा उपलब्ध गराउने गरिएको छात्रबृत्ति रकम तथा १२ कक्षा उतीर्ण भई उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ती स्वरुप उपलब्ध गराईएको नगद कल्याणकारी सेवा केन्द्रबाट उहाँहरुको बैक खातामा जम्मा गरिएको छ ।

यसैगरी ७० बर्ष पुरा भएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई जनही १२ हजारको दरले तथा बर्षभरी गम्भिर रोगले ग्रष्त भई उपचार गराई रहनुभएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुको परिवारजन गरी ७५ जनालाई नगद सहयोग समेत उहाँहरुको बैक खातामा जम्मा गरिएको छ ।


सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालले ब्रेन ट्युमरबाट पीडित सशस्त्र प्रहरी कर्मचारीको परिवार सिजन सुनारलाई नगद ५० हजार रुपैयाँ सहयोग प्रदान गरे ।


सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

२१औं सशस्त्र प्रहरी दिवसको विशेष अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले घोषणा गरेको कल्याणकारी योजनाहरुः–

स्वास्थ्य सेवा विस्तारः–


सशस्त्र प्रहरी बल, नेपालका बहालवाला एवं अवकाश प्राप्त राष्ट्रसेवक कर्मचारीहरुका साथै आश्रित परिवारजनले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी काठमाडौंमा मात्र सीमित रहेको नेपाल एपीएफ अस्पताललाई क्रमशः प्रदेश १ मा पूर्व क्षेत्रीय अस्पताल, मधेश प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्य–पश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा विस्तार गरेकोमा यस वर्ष गण्डकी प्रदेशमा अस्पताल स्थापना गर्न लागिएको र आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत १÷१ वटा फिल्ड अस्पताल स्थापना गरिने छ ।

सुदूरपश्चिम प्रदेशमा विद्यालय स्थापनाः–


बहालवाला एवं भूपू सशस्त्र प्रहरी राष्ट्रसेवक, आश्रित परिवार तथा स्थानीय सर्वसाधारणका सन्ततिका लागि गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्न सातवटै प्रदेशमा एक–एक वटा विद्यालय स्थापना गर्दै लैजाने लक्ष्यअनुरुप कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालन हुनेगरी सुदूरपश्चिम प्रदेशको उपयुक्त स्थानमा विद्यालय स्थापना गरिने छ ।


विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना एवं पेट्रोल पम्प विस्तारः–


स्वच्छ उर्जा खपत गर्ने वातावरणमैत्री सवारी तथा यातायातका साधनलाई प्रोत्साहन गर्ने नेपाल सरकारको नीति अनुरुप एवं सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी कोषको आयश्रोतलाई समयानुकूल वृद्धि तथा सुरक्षितबनाउँदै लैजाने उद्देश्यका साथ काठमाडौं, पोखरा र चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना गर्न यथाशीघ्र आवश्यक प्रक्रिया अगाडि बढाईने छ । साथै समय–समयमा हुने इन्धन संकटको समस्यालाई सरकारी तवरबाट आपूर्ति सहजीकरण र व्यवस्थापन गर्नको लागि बागमती प्रदेश तथा सुदूर–पश्चिम प्रदेशका उपयुक्त स्थानमा पेट्रोल पम्प सञ्चालनका लागि आवश्यक प्रक्रिया यसै वर्षदेखि शुरु गरी निरन्तरता प्रदान गरिएको छ ।


चारपाङ्ग्रे सवारी साधन खरीद गर्न सहुलियत ब्याजदरमा ऋण प्रदानः–


चारपाङ्ग्रे सवारी साधन खरीद गर्दा सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकका लागि कायम रहेको सेवा अवधिको सीमा हटाई सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकदेखि माथिका सबै दर्जाका अधिकृतहरुलाई समान रुपमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने छ ।


शहीद समर्पण सम्मानः–

कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर शहीदका श्रीमती मध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने अमर शहीदका श्रीमती (एकल महिला) एक जनालाई वार्षिक रुपमा सशस्त्र प्रहरी दिवसको अवसरमा ‘शहीद समर्पण सम्मान’ स्वरूप रु २५ हजार नगद र सम्मान–पत्र प्रदान गरिने छ ।


अमर शहीदका श्रीमतीलाई सहयोगमा वृद्धिः–


२१औं सशस्त्र प्रहरी दिवसमा घोषणा गरिएको कार्यक्रम अन्तर्गत कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर शहीदका श्रीमती (एकल महिला) लाई सम्मान स्वरुप उपलव्ध गराइएको वार्षिक नगद सहयोग २००० रुपैयाँमा ५ सय रुपैयाँ थप गरेर २५ सय रुपैयाँ कायम गरिएको छ ।


निःशुल्क शिक्षाः–


कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने सशस्त्र प्रहरी कर्मचारीका सन्ततिमध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने एकजनालाई वार्षिक रुपमा नेपाल एपीएफ स्कूलमा पूर्ण निःशुल्क शिक्षा प्रदान गरिने छ ।

नगद ऋण योजनामा महिला सशस्त्र प्रहरी कर्मचारी–मैत्री व्यवस्थाः–


हाल सशस्त्र प्रहरी कर्मचारीहरुलाई कल्याणकारी सेवा केन्द्र मार्फत सहुलियत ब्याजदरमा उपलब्ध गराउँदै आएको नगद ऋणको कोटामा सशस्त्र प्रहरी बल¸ नेपालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्नको लागि मासिक रुपमा २५ वटा कोटा थप गरिने छ । यस अनुरुप वार्षिक रुपमा ३०० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरुसहित जम्मा ३६०० जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् ।


शिशु स्याहार केन्द्र स्थापनाः–

सशस्त्र प्रहरी बल, नेपालका एकाइहरुमा लैङ्गिकमैत्री वातावरण सिर्जना गर्ने संगठनको नीतिलाई निरन्तरता दिँदै प्रधान कार्यालयदेखि गण तहसम्म कार्यरत महिला राष्ट्रसेवक कर्मचारीको सुविधाको लागि शिशु स्याहार केन्द्र स्थापना गरी एकाइमा कार्यरत योग्य सशस्त्र प्रहरी कर्मचारीहरुद्वारा बालबालिकाहरुका लागि पूर्व– प्राथमिक शिक्षा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh