भद्रपुर । सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीपसिंह कार्कीले सङ्गठनको नीति र कानुन बाहिर गएर काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भर्खरै कैलालीबाट सरुवा भएर झापा आएका एसपी कार्कीले बिहीबार झापाली पत्रकारसँग गरेको संक्षिप्त परिचयमय कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
एसपी कार्कीले भारतसँग जोडिएको खुला नाकामा हुने आपराधिक क्रियाकलाप, सीमा सुरक्षा, चोरी तस्करी, लागु औषध ओसारपसारमा केन्द्रित भएर जिल्लामा काम गर्ने बताए ।
साथै तेस्रो लहरको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सीमामा तैनाथ सशस्त्र प्रहरीले कडाइ गर्नुका साथै जिम्मेवारी पूर्ण रुपमा पालना गर्ने उनले बताए । करिब तीन वर्ष अघि एसपी कार्की झापामा डिएसपी भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !