काठमाडौं । काठमाडौंको न्युरोडमा प्रहरीले तास खेल्ने ८ जनाको गिरोहलाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–२२ न्यूरोड पाकोबाट ४४ वर्षीय झलकबहादुर श्रेष्ठसहितका व्यक्तिलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका–५ घर भइ न्युरोडमा ताल खेलाउँदै आएका थिए ।
श्रेष्ठको कोठामा तास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय वृत्त जनसेवाबाट खटिएको प्रहरीले तास खेलिरहेका उनीहरूलाई १ बुक तास र नगद २ लाख १ हजार रुपियाँसहित पक्राउ गरेको जनाएको छ ।

















