काठमाडौं । क्रिप्टोकरेन्सी र बिटक्वाइनबाट वित्तीय कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले उनीहरूलाई मीनभवनबाट शुक्रबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्वत फलेबास नगरपालिका-११ घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौं-११ बस्ने २७ वर्षीय दीपेनराज श्रेष्ठ छन्।
भट्टराईले हालसम्म ९७५ जनासँग १ हजार ९२६ पटक कारोबार गरेको तथा मंसिरदेखि पुससम्म लगभग २६ लाख रुपैयाँको कारोबार गरेको महाशाखाको भनाइ छ। अन्य दुई जनाको कारोबार विवरण भने प्रष्ट पारिएको छैन।
पक्राउ परेकाहरूलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

















