महेन्द्रनगर । कैलाली प्रहरीले अस्पतालबाट भागेका एकजना थुनुवालाई दुई महिना पछि पक्राउ गरेको छ । बैतडीको पाटन नगरपालिका–८ का २८ वर्षीय केशवसिंह भाटलाई पुनः पक्राउ गरेको हो ।

पेट दुख्ने समस्या देखिएपछि उनलाई हसनपुरस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार भइरहेकोमा शौचालय जान्छु भनि गएको र सोहि स्थानबाट भागेर फरार रहेको प्रहरीले जनाएको छ ।
भाटलाई बुधवार कञ्चनपुरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।
