काठमाडौं । पर्साको वीरगञ्जबाट ५० लाखमूल्य बराबरको भन्सार छलीका सामानसहित मालबाहक ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

बिलबिजकभन्दा बढी खुद्रा वस्तुहरु तथा हार्डवेयर पार्टस लोड गरी काठमाडौं जाँदै गरेको उक्त मालबाहक ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–८ माइस्थानस्थित सडकखण्डबाट प्र–२–०३–००१ ख ३६८९ नं ट्रक नियन्त्रणमा लिएको थियो। ट्रकसँगै चालक वीरगञ्ज–२ छपकैया बस्ने ३२ वर्षका रौफ आलमलाई पनि पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !