काठमाडौ । नेपाल प्रहरीमा तल्लो तहमा नयाँ दरबन्दी सिर्जना भएसंगै तल्लो तहमा खुशीयाली छाएको प्रचार गरिरहदां त्यसको ठिक उल्टो सिनियर सइहरूमा भने एक किसिमको रूवाबासी नै चलेको छ। बिशेष गरि ०५८ सालमा असई दर्जामा सेबा प्रवेश गरेकाहरू अहिले रूवाबासी गर्न बाध्य भएका हुन ।
किनकि यिनीहरू भर्ना हुनेबित्तिकै माअाेबादीकाे जनयुद्धका क्रममा सेनासंग युनिफाइडमा खटिएको टाेली हो भने यही टाेली सइबाट निरीक्षक बन्नेक्रममा ५०/५० प्रतिशतकाे प्रावधान हटाएर बिभागीयलाई ४० प्रतिशतमा खुम्च्याएर बढुवाबाट बन्चित हुने काम गरियो । ०६२/६३ मा सई भएको यही समुहका काण्ड लागेर कारागार गएकाहरू इमानदार भन्दा पहिले नै निरीक्षक भए ।
केरकारका कार्यरत रहदा यार्सागुम्बा काण्डमा जेल गएका सइ राजु केसी र हिमाल शर्मा यसअघि नै निरीक्षक बनिसके। प्रधानमन्त्रीमा पछिल्लोपटक नियुक्ति भएसंगै शेर बहादुर देउवाले आफ्नो निवासमा खटिएको कारण नै क्राइटेरिया विपरीत निरीक्षक मात्रै बनाएनन उल्टो कमाउ अखडाकाे रूपमा मानिने बांके जिल्ला ट्राफिक प्रहरी कार्यालयकाे प्रमुख बनाएर पठाए ।
राजु केसी त त्यसभन्दा अघि नै माअाेवादीकाे सिफारिसमा निरीक्षक बनिसकेका थिए। ०६२ मा सइ भएका झण्डै ५२ जना बांकी रहदा ०६३ का १९ जना निरीक्षक बनिसकेका छन् प्रधानमन्त्री देउवाको कृपाले। अझै पनि ०६२/६३ का सई मध्ये ८२ जना निरीक्षक बनिसकेका छन् भने २०८ जना सइ नै छन् ।
सइकाे कुल दरबन्दी मध्ये २५ प्रतिशतलाई बरिस्ठ सइमा बढुवा गर्ने अहिलेकाे कानुन प्रावधान अनुसार १०७४ जना बरिस्ठ सइमा बढुवा हुनेछन् । अझ बिडम्बनाकाे कुरा त के छ भने देउवा प्रधानमन्त्री हुनेबित्तिकै हिमाल शाह जस्तालाई बढुवा गर्न २०७९ असार मसान्तसम्म खाली हुने प्रहरी निरीक्षकको गणना गरेर त्यसको ४० प्रतिशतकाे दरले ९८ जना सइबाट निरीक्षक बनाइएको थियो ।
जबकि त्यतिबेला केवल ४० निरीक्षकको पद मात्र खाली थियो । अहिले १४६ जना खुला प्रतिस्पर्धाबाट निरीक्षकको भर्ना प्रक्रिया शुरू भैरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !