झापा । झापाको मेचीनगर नगरपालिका-१२ बाट ठुलो परिणामको अबैध समान सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको आधारमा सोमवार दिउँसो प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले सुर्यौदय नगरपालिका-२ ईलामका मनोज खड्कालाई नियन्त्रणमा लिएको थियो ।

खड्काले चलाईएर ल्याएको बा ४ च ३०९ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारबाट अबैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको ९ लाख बयानब्बे हजार आठ सय सत्तरी रुपैया बराबरको विभिन्न मोटर पार्ट्सका समानहरु बरामद भएको थियो ।
बरामद भएको समान, कार र मानिस समेतलाई आवश्यक कारवाहीको लागी काँकरभिट्टा भन्सार कार्यालय बुझाइएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !