बिरेन्द्र प्रसाद नेपाल
लहान । समाजसेवी महेश प्रसाद चौधरीले आज पुनः कम्बल बाँडेका छन् । सिरहाको लहान नगरपालिका वडा नम्बर –१८ बासाजोडीको विपन्न बस्तिमा आफै पुगेर उनि कम्बल बाँडेको संचारकर्मीहरुलाई जानकारी गराएका छन् ।चिसोको कारणले कोई न मरुन् उदेश्य सहित चौधरी आज भोली असाहय , दलित , गरिब , एकल महिला , अपाङ्ग, बृद्धबृद्धाको घरमा दैनिक रुपमा पुगिरहेको छ ।

चिसोको मैसामको ख्याल नगरी सोमवार एका विहानै समाजसेवी चौधरीले ५० जनालाई कम्वल बाँडेको हो । नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर– १ का क्षेत्र सभापती तथा संगिता कर्माचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका चौधरी कोरोना महामारीको बेला बिपन्न बस्तिमा करोडौं बराबरको राहत बाँड्दा बाड्दै आफनो श्रीमती संगिता कर्माचार्यलाई गुमाएका थिए ।

स्वर्गिय श्रीमतिको सामाजसेवा गर्ने भावनालाई जिवित राख्न हरेक दिन ⁄ हरेक महिना विपन्न बस्तिहरुमा पुगेर राहत स्वरुप कम्बल लगायत बिभिन्न प्रकारका दैनिक उपभोग्य सामग्रीहरु सहयोग गरिरहेको छ । चुनावको प्रचार प्रसार गर्ने क्रममा जनतामाझ निर्वाचित जनप्रतिनिधीहरुले विभिन्न किसिमको बाचा गरेका थिए , तर ‘अहिले यस्तो बिपत्तीको बेला एक पटक पनि कोई जन – प्रतिनिधिहरु समुदायमा फर्केर आउँदैन् , लहान नगरपालिका वडा नम्बर –१८ का एक जना बिपन्न बिल्टी सदायले बताईन् ।

चुनाव जितेका जनप्रतिनिधिहरु सत्ता , भत्ता र कमिशनको मोहमा डुबेको आक्रोश पोख्दै– ‘अर्कि बिपन्न तिनकोरीया मंडलले भनिन्, ‘अब भोट माग्न आउँदा उनिहरुलाई लखेट्नु पर्छ । दुःखमा साथ दिने एक मात्र नेता महेश प्रसाद चौधरी भएकोले ‘महेश वावु’ लाई अबको मेयर बनाउनुपर्छ । उनि बिपन्न परिवारको पिडामा मलहम लगाउने निःश्वार्थ समाजसेवा गर्ने एकमात्र व्यक्ति हो।

यसैबिच हिजो आईतवारका दिन चौधरीले लहान नगरपालिका वडा नम्बर – ५ र ११ मा ४० जना बिपन्न परिवारलाई कम्बल बाँडेको छ । स्थानिय बुद्धिजिवि , भद्रभलादमीहरुको रोहबरमा समाजसेवी चौधरी दैनिक रुपमा समुदायमा कम्बल बाँडिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !