धरान । धरानका ४ कृषक परिवारलाई उपमहानगरपालिकाले साढे १७ हजार रुपयामा पावर ट्रेलर प्रदान गरेको छ । स्थानिय कृषिमा आधुनिकीकरण प्रोत्साहिच गर्न उपमहानपाको अनुदानमा ट्रेलर प्रदान गरिएको हो ।
चीनमा बनेको उक्त पावर ट्रेलरको बजार मुल्य न्युनतम ६५ हजार रुपया पर्दछ । उपमनपाको ७५ प्रतिशत अनुदान र कृषक समुहको २५ प्रतिशत लगानीमा ट्रेलर प्रदान गरिएको हो । सानो साइजको उपकरण भएकोले ट्रेलरबाट पहाडि भूगोलका कन्लाहरुले बनेका खेतबारी खनजोत गर्न सजिलो हुनेछ ।
मेयर तिलक राईले मंगलवार उपमनपा परिसरमा उक्त पावल ट्रलेरहरु हस्तान्तरण गरेका हुन् । ट्रेलर पाउने कृषक समुहमा धरान २० स्थित मचिन्द्र कृषि तथा पशुपन्छि फर्म, वडा ४ को दाजुभाई फर्म, वडा ५ को निशानदेवि कृषि समूह र ठिंगाबारी कृषि समूह छन् ।
मेयर राईले कृषिलाई आधुनिकिकरण तर्फ प्रोत्साहित गर्न कृषि अनुदान स्वरुप ट्रेल प्रदान गरिएको बताए । उनले धरानमा गाभिएको विष्णृुपादुका र पाँचकन्या गाविस कृषि क्षेत्र भएकोले स्थानीय सरकारले प्रदान गरेको औजार, मल, बिउहरुको अधिकतम सदुपयोग गरी उत्पादन बढाउन आग्रह गरे ।
मेयर राईले भने ‘अनुदानमा औजार पाउनु भएका कृषकहरुले वरपरका छरछिमेकमा सहयोगका साथै प्राविधिक ज्ञान बढाउन पनि जरुरी छ ।’ उनले यसअघि वडा ४, ५, ६ र २० का कृषकहरु लाई कृषिका सामग्रीहरु सहयोग गर्दै आईरहेको उल्लेख गरेर । उपमनपाएका कृषि अधिकृत भक्तिराज शर्माका अनुसार उपमनपाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत साझेदारीमा पावर ट्रेलर खरिद गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !