काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै पनि नेपालमा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसोत देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका ६ जिल्लाहरूमा मोरङ, सुनसरी, कास्की, काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । त्यस्तै दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरूमा झापा, चितवान, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका स्वास्थ्य मन्त्तालयले जनाएको छ ।
तर, शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात हजार ६२५, ललितपुर एक हजार ९३५ र भक्तपुरमा एक हजार २५१ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २५ जना र आईसीयूमा रहनेको संख्या १११ जना रहेका छन् । त्यस्तै होम आइसोलेशनमा १७ हजार २९१, संस्थागत आइसोलेशनमा ९४४ र क्वारेन्टाइनमा ११५जना रहेका छन् ।
त्यस्तै नेपालमा पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ४९ लाख ८१ हजार २६० जना र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या आठ लाख ८० हजार ८८२ पुगेका छन् । पीसीआर विधिबाट कोरोना परीक्षण गरिदा आठ लाख ४५ हजार ५०१ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख १०८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन लाख २० हजार २६७ रहेको मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !