नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा चिकित्सक मृत अवस्थामा भेटिएका छन् ।नुवाकोट घर भएइ सञ्जीवनी पोलिक्लिनकमा कार्यरत २६ वर्षीय डाक्टर शशांक पाण्डे मृत भेटिएका हुन् ।

गएराति १२ बजेतिर त्रिशुली बजारबाट बट्टार जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दुर्घटना भएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए ।
पाण्डेको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । उनी सवार प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल कसरी दुर्घटना भयो भन्नेबार अनुसन्धान भइरहेको एसपी शाहले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !