काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कुनैपनि विभेद नगरेको स्पष्ट पारेका छन् । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा मनोनित केन्द्रीय सदस्यहरुको सपथ ग्रहण गराउदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताएका छन् ।

मनोयनका विषयमा केही भ्रम आएको भन्दै उनले आफूले विधान अनुरुप समावेशितालाई पूर्णता दिने बताएइ । उनले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने जिकिर गरेका छन् ।
त्यस्तै लिङ्देनले राजसंस्था, हिन्दूराष्ट्रको मुद्धा सँगसँगै मुलुकको अन्य मुद्धालाई स्थापित गर्न सदन र सडकमार्फत् संघर्ष गर्ने बताए । उनले जनतालाई विश्वास लिएर राजसंस्था, हिन्दूराष्ट्रको मुद्धालाई अघि बढाइने जिकिर गरे ।

















