Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः यात्रुले कफी खान पनि पाउँदैनन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः यात्रुले कफी खान पनि पाउँदैनन्

काठमाडौं । विश्वका सबै देशका अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु जहाजमा चढ्ने अन्तिम बिन्दु स्टायरल कक्षसँगै टी एण्ड कफी सप संचालनमा छन् । तर नेपालको संचालनमा रहेको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्टायरल कक्षसँगैको स्थानमा विमानको प्रतिक्षामा बस्ने यात्रुका लागि टी एण्ड कफी पसल छैन । भोक लागेमा केही खानेकुरा किनेर खाने सुविधा समेत छैन ।

विमानस्थलमा सबै सुरक्षा जाँचपछि हवाइजहाजमा चढ्नुअघि प्रतिक्षा गर्ने ठाउँलाई स्टायरल कक्ष भन्ने गरिन्छ । विश्वका जुनसुकै मुलुकमा पनि इष्टेराइल एरियामा टी उण्ड कफी सप खोलिएको हुन्छ । यात्रुले किनेर खान मन लागेका कुरा सहजै पाउँछ । तर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्टायरल एरियामा भने कफी पसल समेत छैन । कहिलेकाहीँ यात्रुहरुले घन्टौंसम्म पनि स्टायरल कक्षमा विमानको प्रतिक्षा गर्नुपर्छ । यात्रुहरुले त्यसबीचमा कफी, चिसो पेय पदार्थ वा सामान्य खानेकुरा (स्न्याक्स) हरु खान खोज्दा पनि पाउन सकेका छैनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुहरुले स्टायरल कक्षमा टी एण्ड कफी सप नभएकोबारेमा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई गुनासो गर्ने गरेका छन् । नेपालको विमानस्थलबाट अमेरिका गएका एक यात्रुले प्राधिकरणका एयरपोर्ट प्रमुखलाई लेखेको गुनासो यस्तो छ–‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै सुरक्षा जाँच सकिसकेपछि स्टायरल कक्षमा ९० मिनेट कुर्नुपरेको थियो । मलाई एकदमै भोक लागेको थियो, केही कफी र स्न्याक्स खान मन लाग्यो ।

मैले वरिपरि हेरें, तर एउटा पनि पसल देखिएन । मैले सुरक्षाकर्मीलाई सोधें, भित्र पसल थिएन, स्टायर कक्षबाट बाहिर निस्कन पाइँदैन भने । म जस्तै सयौं यात्रुहरु जसलाई खान पिउन मन लागेको थियो होला, तर दुर्भाग्यबस त्यो सम्भव थिएन ।’ यात्रुले एयरपोर्टका अधिकारीलाई प्रश्न गरेका छन्–‘यसरी यात्रुलाई किनेर खान समेत पसल खोल्न नदिंदा एयरपोर्टले कसरी कर उठाउन सक्छ ?’

अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डमा पनि स्टायरल एरियामा कफी सप राखिएको हुन्छ । तर नेपालमा भने कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैं विमानस्थलको आम्दानी बढ्ने र अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्ड अनुसार हुनैपर्ने पसल समेत संचालन गर्न दिइएको छैन । सुरक्षा जाँच सकिएपछि यात्रुहरुको सुविधाकै लागि हरेक अन्तर्राष्ट्रिय विमानस्थलमा कफी सप रहेको हुन्छ भन्ने कुरा नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई थाहा भए पनि नेपालमा संचालन हुनसकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्टायरल कक्षमा २०७६ माघ २७ सम्म टी एण्ड कफी पसल संचालनमा थियो । तर विद्युत सर्ट भई २०७६ माघ २७ मा आगलागी भएपछि टी एण्ड कफी सप नै बन्द गरिएको छ । २ बर्षसम्म पनि उक्त पसल संचालन हुन सकेको छैन । विद्युत सर्ट भए त्यसको स्थायी समाधान खोजेर पसल संचालन गर्नुपर्नेमा प्राधिकरणले पसल नै बन्द गर्दा देशी विदेशी यात्रुहरु मर्कामा परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्टायरल कक्षमा टी एण्ड कफी सप खोल्न दिंदा एक त एयरपोर्टको आम्दानी बृद्धि हुन्छ भने अर्कोतिर यात्रुले पनि सुविधा पाउँछन् । अन्तर्राष्ट्रिय विमानस्थलको स्ट्यान्डर्ड पनि कायम हुन्छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले भने–‘विश्वका सबै देशका इन्टरनेशनल एयरपोर्टको इष्टेराइल एरियामा कफी सप संचालन हुन्छन् ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्टायरल कक्षसँगै टी एण्ड कफी पसल संचालन हुन नसकेकोबारेमा भने उनले केही पनि भन्न नसक्ने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh