Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निगम सुधार्न नयाँ ‘बिजनेस प्लान’ बनाइँदै ,कार्यकारी अध्यक्ष


निगम सुधार्न नयाँ ‘बिजनेस प्लान’ बनाइँदै ,कार्यकारी अध्यक्ष


काठमाडौं । ४७ अर्बभन्दा बढी ऋण र दायित्व बोकेको नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको र निगम (नेवानि)मा पछिल्लो समय सुधारको पहल सुरु भएको बताएका छन् ।अर्को महिनादेखि ऋण तिर्न थाल्ने कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका छन् ।

निगमले चारवटा एयरबस खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ३४ अर्ब ऋण लिएको थियो । तर, नियमित किस्ता बुझाउन नसक्दा साँवा र ब्याज गरी ४२ अर्ब ६६ करोड पुगेको छ ।

निगमले चिनियाँ जहाज खरिद गर्न पनि सफ्टलोन लिएको थियो । अहिले निगममाथि ४७ अर्बभन्दा बढी ऋण रहेको कार्यकारी अध्यक्ष अधिकारीको भनाइ छ । ‘म कार्यकारी अध्यक्ष भएर आएपछि बिजनेस प्लान बनाइरहेका छौँ,’ सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिको बैठकमा उनले भने, ‘निगमको उत्थानका लागि उपयुक्त कार्ययोजना बनाएर अघि बढ्न सक्छौँ ।’


सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताए । ‘अहिले देखिएका समस्या तत्काल आएका होइनन,’ अधिकारीले भने, ‘तर, कुर्सीमा बसेका कारण म जिम्मेवारी लिन्छु ।’‘कोभिड-१९ को बेला नेवानिमाथि अन्त्याय भएको छ, यस पिरियडमा नेवानिले चार्टर्ड उडान ५६ मात्र पायो, हिमालयनले २३९ पायो, सरकारले किन हेर्दैन ?’

अधिकारीको प्रश्न थियो ।उनले निजी एयरलाइन्सलाई बढी प्रश्रय नदिनसमेत सरकारलाई आग्रह गरेका छन् । ऋणकै कारण नेपाल एयरलाइन्स खतम भएको मान्न नसकिने उनको जिकिर छ । उनले भने, ‘ऋण चुक्ता गर्ने विषयमा हामी छलफल गरिररहेका छौँ, उपलब्ध स्रोत–साधनलाई प्रयोग गरिरहेका छौँ ।’


नेवानिलाई देखाएर भन्न सजिलो रहेको भन्दै उनले काम गर्न नदिएका धेरै उदाहरण रहेको बताए । अधिकारीले अगाडि भने, ‘निजीलाई प्रशय दिने काम नहोस्, हामी काम गरेर देखाउँछौ । नयाँ बिजनेस प्लान बन्दैछ । बिजनेस प्लानका आधारमा सहयोग पाउने अपेक्षा छ ।’निगम व्यवस्थापनले आन्तरिक जनशक्ति उत्पादनका लागि रोकिएका सबै तालिमहरू सुचारु गरेको छ । न्यारोबडी ए–३२० जहाजमा ४ जना इन्स्ट्रक्टर पाइलटको तालिम र वाइडबडी ए–३३० जहाजमा दुईजना क्याप्टेनको तालिम सम्पन्न भइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए ।

वाइडबडी र न्यारोबडी जहाज उडाउने योग्य को–पाइलटहरूलाई क्याप्टेनका लागि प्रक्रिया सुरु गरिएको छ । वाइडबडी ए–३३० जहाजका दुईजना पाइलटलाई इन्स्ट्रक्टर ट्रेनिङका लागि कन्फर्मेसन प्राप्त भएको उनले बताए । २० जना कर्मचारीहरूलाई डिजी ट्रेनिङ सम्पन्न गरेको र अन्य एयरलाइन्सलाई पनि डिजी ट्रेनिङ प्रदान गरी आय आर्जन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
कार्यकारी अध्यक्ष अधिकारीले भने, ‘कम्पनी मोडलबारे कर्मचारीले केही नबुझेका भने होइनन्, उनीहरु पनि निगमको हितमा काम गर्न चाहन्छन्, केही कुरामा फरक होला, यसमा म सहजीकरण गर्छु, हतपत सरोकारवालासँग छलफल नगरी विगतमा प्रस्ताव लगेकोमा कर्मचारीबाट बिरोध भएको हो ।’

निगमको सम्पत्तिको मूल्यांकन निकै सस्तोमा गरिएको र सोही कारण कर्मचारीको विगतको आन्दोलन जायज थियो भन्ने आफूलाई लागेको उनको भनाइ थियो ।निगमले जहाज किन्न लिएको ऋण तिर्न कटिबद्ध रहेको भन्दै उनले यसका लागि बिजनेश प्लान बनिरहेको बताए ।अहिले निगमले दुईवटा ट्विनअटर विमानमार्फत १७ आन्तरिक गन्तव्यहरूमा उडान गरिरहेको छ । त्यस्तै, दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाजमार्फत नौवटा अन्तर्राष्ट्रिय उडान गरिरहेको अधिकारीले बताए । भारतको दिल्लीमा उडान बढाउन तथा मुम्बई र बैंग्लोरमा रोकिएका उडानहरू सुरु गर्न पनि पहल भइरहेको उनले बताए । अहिले निगमको आन्तरिकतर्फ करिब २ प्रतिशत र अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा छ ।


कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने ,निगमले पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पाएको छ । खतराजन्य कार्गो सामानहरू ढुवानी गर्न पाउँदा थप विदेशी मुद्रा नेपालमा भित्रिने विश्वास निगमको छ । वायुसेवा कम्पनीले खतराजन्य पदार्थ ओसारपसारको अनुमतिका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एनेक्स–१८ तथा डिओसी ९२८४ मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरू पूरा गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडान गर्ने निगमका एयरबस ए–३२० र ए–३३० जहाजलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति दिइएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए ।

निगमको एयरबस ए–३३० जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन छ । निगम र नेपाल विद्युत् प्राधिकरणबीच १९ पुसमा सेवा आदान–प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियतामा भएको दुईपक्षीय सम्झौतापत्रमा प्राधिकरणका कर्मचारीहरू निगमको उडान हुने देशहरूमा यात्रा गर्दा तथा प्राधिकरणको कार्गो सामान ओसारपसार गर्दा यथासम्भव निगमकै विमान प्रयोग गर्ने उल्लेख छ । यसका लागि प्राधिकरणका कर्मचारी तथा निजका परिवारका सदस्यहरूलाई निगमले अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशत छुट दिने तथा कार्गो रेटमा ५ देखि १० प्रतिशत छुट दिने भएको हो ।


यसअघि निगमको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) गरिएको रहेछ ।एयरपोर्टमा रहेको हाम्रो ३४ रोपनी १३ आना जग्गाको मूल्य डेढ करोडदेखि दुई करोड पर्छ ।तर, जम्मा ३४ लाख भ्यालुएसन गरिएको रहेछ । न्युरोडमा १४ रोपनी सात आना छ । त्यहाँ आनाकै ९–१० करोड पर्छ । तर, त्यहाँको जग्गाको भ्यालुएसन दुई करोड गरिएको रहेछ । यसरी निगमको सम्पत्ति, जग्गा–जमिनको मूल्यांकन गरिनुहुन्थ्यो कि हुन्नथ्यो, छलफलको विषय बन्नुपर्छ । निगमको २३ ठाउँमा जग्गा छ ।

राष्ट्रिय ध्वजाबाहक हुनाले निगमले श्रमिकहरूका लागि ४० वटा टिकट सस्तो दरमा हरेक फ्लाइटमा उपलब्ध गराउन थालेका छौँ । नेपाली सेनाका ठूला चार्टर्डहरू हामीले पाउनुपर्छ भनेर मन्त्रालयलाई आग्रह गरेका छौँ । सरकारी कर्मचारीले विदेश जाँदा निगमकै जहाज चढ्नुपर्छ भनेर मन्त्रालयलाई लिखित आग्रह पनि गरेका छौँ ।सरकारले जेजति गर्छ, त्यो आफ्नो ठाउँमा छ ।

हामी आफैँ पनि एक महिनाभित्र ऋण पेमेन्ट गर्न सुरु गर्दै छौँ । साउदी अरेबिया उडान सञ्चालनको तयारी भइरहेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाजहरू थप्ने कार्ययोजना अघि बढाइएको छ । भैरहवा र पोखरामा ग्राउन्ड ह्यान्डलिङको तयारी भइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh