काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको छानबिन समितिले नारायणहिटी भित्र निर्माण गरेको संरचना अवैध भएको ठहर गर्दै कारवाही गर्नुपर्ने सुझाव दिएको छ ।मबार पत्रकार सम्मेलन गरि छानविन समितिले बतास समूहले निर्माण गरेको संरचना अवैध भएको निष्कर्ष निकालेको बताएको छ ।

उसले उक्त संरचना निर्माणलाई रोकेर सम्बन्धित निकायबाट कारवाही हुनुपर्नेसमेत सुझाव दिएको हो ।प्रतिवेदनमा भनिए अनुसार बतास समूहले आधिकारिक निकायबाट नक्सा पास र आधिकारिक स्वीकृतिसमेत लिएको छैन । त्यस्तै मन्त्रालय एवम् विकास निर्माण समितिको पूर्ण स्वीकृति विपरित झण्डै थप १४ रोपनी क्षेत्रफलमा नयाँ संरचना निर्माण गरिएको छ ।
साथै उक्त संरचना निर्माण गर्ने क्रममा एउटा ऐतिहासिक सुरुङ (बङ्कर) पनि बिगार्न खोजेको पाइएको पत्रकार सम्मेलनका क्रममा जनाइएको छ ।त्यस्तैगरी प्रतिवेदनमा संग्राहलयभित्र क्यान्टिनरक्याफ्टेरिया सञ्चालनका लागि अनुमति दिएको भएपनि क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन भएको नपाइएको पनि स्पष्ट पारिएको छ ।
‘सम्झौता विपरीत काम हुँदा पनि विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र सम्वर्द्धनका लागि जिम्मेवारी पूरा नभएको पनि प्रतिवेदनमा ठहर गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
बतास समूहले सम्झौतामा उल्लेख भन्दा बढी क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन भनिएको र केही निर्माणाधीन टहरा र पर्खाल राखिएका जालीहरू भत्काइएको पाइएको पनि बताइएको छ । यो प्रतिवेदनसँगै नारायणहिटीमा निर्माण भइरहेको संरचनाहरु निर्माण कार्य स्थगित हुने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !