काठमाडौ । प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिले एकपछि अर्को राजस्व छली गर्दै आइरहेको पाइएको छ । उसले वर्षांैदेखि राजस्व छली गर्दै आए पनि उन्मुक्ति पाउँदै आइरहेको छ । भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छलेको समाचार यसअघि नै प्रकाशित गरिसकेको छ ।

प्रालिका मुख्य सञ्चालक विष्णु मधगोरिया हुन् । भगवती लेमिनेट्सले फेरि अर्को डिलरमा फर्जी बिलबिजक जारी गरी सामान पु-याएर राजस्व छली गरेको प्रमाण फेला परेको छ । काठमाडौं बूढानीलकण्ठस्थित मौलाकालिका प्लाइका नाममा भगवती लेमिनेट्सले गत ३ मंसिरमा भ्याट नम्बर ३०४ उल्लेख गरी ना०६ख ३१११ नम्बरको ट्रकमा सामान पु-याएको पाइएको छ ।
सो बिलको सबैभन्दा तल ‘के’, ‘पी’ र ‘जीटी’ लेखेको देखिन्छ । यसको अर्थ ‘के’ भनेको कच्चा बिल, ‘पी’ भनेको पक्का बिल र ‘जीटी’ भनेको ग्रान्ड टोटल हो ।
बिल नम्बर ३०४ मा कच्चा बिलमार्फत ११ लाख ४९ हजार र पक्का बिलमार्फत १२ लाख ५७ हजार गरी २४ लाख ६ हजार रुपैयाँ लिएको देखिन्छ । सो लेमिनेट्सले लामो समयदेखि नै यसरी नक्कली बिलबिजक प्रयोग गरी सरकारलाई राजस्व छली गर्दै आइरहे पनि सरकारी निकायले अनुसन्धान र कारबाही गर्न सकेका छैनन् ।
यसरी राजस्व छली गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग उपभोक्ताहरूले गरेका छन् । भगवती लेमिनेट्सले पछिल्लोपटक गरेको बद्मासीका सम्बन्धमा आन्तरिक राजस्व कार्यालयले भगवती लेमिनेट्सको भ्याट नम्बर ३०४ हेरे थाहा हुन्छ ।
त्यसैबाट कुन कारोबार सक्कली हो र कुन कारोबार नक्कली भनेर प्रस्ट थाहा पाउन सकिन्छ । भगवती लेमिनेट्सको कर छल्ने यो तरिकाले गर्दा यसका सबै डिलर पनि फस्ने र उनीहरूमाथि समेत छानबिन र कारबाही हुने देखिएको छ । डिलरहरूले पनि आफ्नो फाइदा, प्रोत्साहन र बोनसका लागि कर छल्न सहयोग गरेकाले उनीहरूमाथि समेत एकैपटक अनुसन्धान हुन सक्ने सम्भावना बढेर गएको छ ।
सरकारको छानबिन गर्ने निकायले सो कम्पनीका क्षेत्रीय बिक्री व्यवस्थापक, लेखापाल र परिवारका सदस्यहरूको तीनदेखि पाँच वर्षको बैंक स्टेटमेन्टका ’boutमा अनुसन्धान र छानबिन गरेमा उनीहरू गैरकानुनी रूपमा धन आर्जन गरेको मुद्दामा पक्राउ पर्न सक्ने बताइएको छ ।
यसरी गरिरहेको छ, भगवती लेमिनेट्सले राजस्व छली
भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छली धन्दालाई जारी राखेको छ । ‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउन र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि हो ।
यसरी कच्चा बिलको भुक्तानी गर्दा व्यक्तिगत नाममा लिने गरिन्छ । यो रकम बैंकमा जम्मा गर्दा भौचर स्लिपमा ‘सापटी भुक्तानी’ आदि लेख्ने गरिन्छ । भगवती लेमिनेट्सले ‘ए’, ‘बी’ र ‘सी’ स्तरका प्लाइउड उत्पादन गर्दै आएको छ । यसको मूल्य ग्रेडिङका आधारमा निर्धारण गरिन्छ ।
न्यूनतम प्लाइउड ‘ए’ ‘बी’ ‘सी’ ग्रेडिङको हुन्छ । ग्रेडिङ प्लाइउडको मोटाइमा निर्भर हुन्छ । ‘ए’ ग्रेडको प्लाइ सबैभन्दा राम्रो मानिन्छ र यसको मूल्य अरू ग्रेडभन्दा बढी हुन्छ । कम्पनीले ग्रेडिङ गर्दा थोरै मोटाइको प्लाइलाई ‘ए’ ग्रेडको लेबल तथा ब्रान्डिङ गरी बिक्री गरेको र ग्राहकलाई निम्नस्तरको सामान बिक्री गरी उच्च मूल्य असुली भ्याट बिल बनाई राजस्व छली गर्दै आरहेको छ । सो लेमिनेट्सले प्लाइउडको नेप्लाइ ब्रान्ड बजारमा विस्तार गरेको छ ।
ग्रेड ‘ए’ नेप्लाइ, ‘बी’ ग्रेडमा वन प्लस एक्सेल, फस्ट च्वाइस, स्वाभिमान, स्वराज, स्टिलउड र ‘सी’ ग्रेड पावर जोन नाम दिइएको छ । तर, प्रायः ग्रेड ‘ए’ नेप्लाई बेचे पनि बिलचाहिँ ‘सी’ ग्रेडकै बनाउने गरेको बताइएको छ । भगवती लेमिनेट्सले ‘बी’ ग्रेडिङको प्लाइउडलाई ‘सी’ ग्रेडको मूल्य राखी कर छल्न भ्याट बिल बनाउने गरेको पाइएको छ । (भ्याट) र आयकरबाट बच्नका लागि सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको समेत देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !