काठमाडौं । बंगलादेशमा सरकार परीबर्तन हुने बीत्तीकै बीरोधी पार्टीका कार्यकर्ता र शुभचीन्तक हरु लाइ झुठा मुद्दा लगाउने ,जेल हाल्ने अथबा देशनै छोडेर भाग्न बाध्य बनाउने काम सुरु हुन्छ ।यो परंपरा त्यॉहा सामान्य भएको छ ।त्यॉहॉ राम्ररी बॉच्न र ठुला काम गर्न आफ्नो अनुकुलको सरकार नभै हुदैन। सरकारका सासक हरु संग जोडीएरै त्यॉहा कसैले ठुला उध्योग ब्यबसाए गर्न सक्छन् र अधीकास ठुला बन्द ब्यापारमा स्वएम जनप्रतीनीधी हरुनै साझेदार हुन्छन् ।
कम्युनीष्ट सरकार हरुमा त सरकारका मान्छे र जर्णेल हरु नै धनी भएका हुन्छन् ।कम्बोडीया देखी म्यानमार ,चीन लगाएत उत्तर कोरीयामा देखीयो ।सासक हरु धनी छन् ।बन्द ब्यापार हरु सब सरकारको आशीर्बादमा मात्र चल्न सक्छन् ।
यो संसारमा पहीला पहीला धन कमाउन खेती पाती गर्ने प्रचलन थीयो , बीस्तारै बीस्तारै उध्योग ब्यबसाए सुरु भयो, त्यस पछी प्रक्रीतीको दोहन अनी अपराध र तस्करी ।हालको दसक हरुमा आएर सत्ता र पदको दुरुपयोग गरी धन कमाउने प्रचलन शुरु भएको छ ।पदमा रहेर जनता र देसका लागी काम बील्कुल नगर्ने खाली धन लाइ केन्द्र बीन्दुमा राखेर धन कमाउने काम गर्ने ।
यो जुन नया ट्रेण्ड सुरु भएको छ यस्ले संसार ध्वस्त पार्ने छ कीनकी न्याए गर्न र शुसासन ल्याउन जीम्मा पाएका हरुनै पदको दुरुपयोग बाट धन कमाउन थाले पछी र राज्यको सुरक्षा गर्न जनमत पाएका हरुले नै देश बीरुद्ध बीदेस लाइ फाइदा हुने गरी काम गर्न थाले पछी त्यो देस र त्यॉहॉका जनताको के हुने ?
आज युद्ध पनी धन कमाउने मेलो भएको छ ।अदालत पनी सेटीडं बाट चल्ने आरोप बाट घेरीएको छ ।जागीर बाट कमाइने तलब भन्दा मीटर ब्याजे र नीएम तोड्ने हरु धनी छन् ।काम गर्ने भन्दा कमीसन खोर धनी र बलीया छन् ।राजनीतीमा त्यसैको जीत छ जो संग धन छ । पद त्यसैले पाएका छन् जो संग त्यो पद खरीद गर्ने ताकत छ ।
समए अनैतीक छ जॉहा नैतीकताको मुल्य कम कम हुदै गएको छ ।समए बीकाषको भन्दा बीनासको र प्रेमको भन्दा नफरतको बडी छ ।आज संबैधानीक प्रमुख हरु जस्लाइ भगबान सरह दर्जा दीइयो , उनी हरुनै अनैतीक भएका उदाहरण देखीएको अबस्था छ ।प्रत्यक ठाउमा देखाउने एउटा छ र गरीने आर्कै ।
तर पनी देश हरु चली रहेका छन् कीनकी श्रमीक , तल्ला कर्मचारी, सेबक, र क्रीषक हरु आआफ्ना तहमा थोरै तलब र पारीश्रमीक लीए पनी इमान्दार भएर ड्युटी नीभाइ रहेका छन् । साना साना तहका प्रहरी हरु वा शैनीक हरु देस भनेर ड्युटी गरी रहेका छन् ।पाले हरु समएमा अफीस बडारी रहेका छन् । देश तीन्ले बीगारेका छैनन् बरु बचाएका र चलाएका छन् ।ती कमीसन सेटीडं र ब्यक्तीगत स्वार्थ भन्दा माथी रही देस बचाइ रहेका छन् ।ती गरीब र साधारण शक्तीका छन् तर महत्वपुर्ण छन् ।
नेपाल पनी क्रमस यही भुमरीमा पर्दै छ जॉहा सामान्य मान्छे हरु बाट भन्दा देश शासक र शक्तीशाली हरु बाट अशुरक्षीत छ । देश क्रमस सासक हरुको कमाइ गर्ने र शक्ती प्रदर्शन गर्ने थलो हुदै छ ।हरेक देसलाइ त्यॉहाका नागरीक हरुले जोगाउन र सभ्य राख्न जरुरी हुन्छ कीनकी आफु र आफ्ना परीबार लाइ त्यंही जीबन बीताउनु छ ।हामीले पनी देशका बारेमा स्वच्नु आफ्नै शुरक्षाका लागी पनी जरुरी छ ।
बसन्त कुवर
फेसबुकबाट तपाईको प्रतिक्रिया !