वीरगंज। बाराको नाका भएर भारतबाट विभिन्न सामानको तस्करी बढेको छ ।विशेष गरी लत्ता कपडा साडी, सर्टिङ सुटिङ, लेहंगा, कुर्ता सुरुवाल, बच्चाका लुगालगायत समानको तस्करी ब्यापक भइरहेको छ।

सीमा नाकाका कारोबारीहरु खुला सिमानाको फाइदा उठाउँदै राति राति भारतबाट भन्सार छलेको सामान भित्र्याई घरमै गोदाम बनाई थन्काउने गरेको र पछि विस्तारै मोटरसाइकल र अन्य सवारी साधनबाट ती कपडा तथा सामानहरु वीरगंज,हेटौडा,भरतपुर,काठमाडौंसम्मका व्यापारीलाई बेच्ने गरेको बताइएको छ ।

















