काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घरबिदामा छन्। मन्त्रिपरिषद्को पुस १६ गतेको बैठकले शर्माको बिदा स्वीकृत गरेको हो। सोही बैठकले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ।

स्वास्थ्यमा लगातार समस्या भएपछि थप उपचारका लागि पुस ३० गतेसम्मका लागि घरबिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचारत छन्। तर, शर्मालाई के भएको र कहाँ उपचार भइरहेको भन्नेबारे सरकार र सेना दुवैले केही खुलाएका छैनन् । मुलुकका तीन सुरक्षा निकायमध्ये सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंगको प्रमुखका रूपमा प्रधानसेनापतिलाई लिइन्छ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रधानसेनापति शर्मा बिदा लिएर व्यक्तिगत रुपमा स्वास्थ्य परीक्षणका लागि भारत गएको बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !