जनकपुरधाम । धनुषाको सीमावर्ती क्षेत्र नगराइनबाट सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीको स्वार्ड टिमकाे विशेष सूचनाको अधारमा सशस्त्र प्रहरीले एक यूवकलाई झण्डै साढे ३८ लाख रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका १ का २३ वर्षीय अमित कुमार यादव छन् ।

प्रदेश २-०२ ००१ प ०४८८ नम्बरको मोटरसाइकलको ट्याँकीबाट ३८ लाख ३५ हजार रुपैयाँसहित चालक यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नगराइनका इन्सपेक्टर सन्जय बरालले जानकारी दिए । बरालका अनुसार भारतबाट जटही नाका हुँदै उनी नेपालतर्फ आइररहेका बेला सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीको स्वार्ड टिमकाे विशेष सूचनाको अधारमा सशस्त्र प्रहरीको सन्युक्त टोलीले चेकजाँच गरेको थियो ।

‘मोटरसाइकलको ट्यांकीमा बिर्कोको सट्टा नटबोल्ट लागेको थियो । खोल्दा रुपैयाँले भरिएको थियो’, सशस्त्रका इन्सपेक्टर बरालले बताए ।उनका अनुसार १ सयको नोट २७ लाख, ५ सयको नोट ११ लाख, १ सयको नोट ३० हजार र ५० को नोट ५ हजार गरी कुल ३८ लाख ३५ हजार रुपैयाँ मोटरसाइकलको ट्यांकीमा रहेको थियो ।
उनीमाथि आवश्यक थप अनुसन्धान भइरहेको छ ।पक्राउ परेका यादवले कहाँबाट उक्त रकम ल्याएको कुरा बताउन चाहेका छैन । स्रोतका अनुसार उनी हुण्डी कारोबारी रहेका छन् ।

सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीको स्वार्ड टिमकाे विशेष सूचनाको अधारमा पछिल्लो समय प्रदेश २ का ८ वटै जिल्लाहरुको सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा लागू औषध, लताकपडा र अबैध रुपैयाँ समेत बरामद भइरहेको शसस्त्र प्रहरी प्रदेश न. का बाहिणिपति गणेश ठाडा मगरले बताएका छन ।


















