काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघले ईरिक्सा चालकहरुलाई ट्राफिक ज्याकेट वितरण गरेको छ ।संघमा आवद्ध ५१ जना ईरिक्सा चालकहरुलाई ज्याकेट वितरण गरिएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा आयोजित एक कार्यक्रममा संघका जिल्ला अध्यक्ष विनोद दुलाल र प्रहरी नायव निरिक्षक टोप बहादुर खत्रीले ज्याकेट वितरण गर्नुभएको थियो ।

ईरिक्सा चालकहरुको पहिचान गर्न सहज होस् भन्ने उद्धेश्यले ज्याकेट वितरण गरिएको अध्यक्ष दुलालले बताए ।उनले संघले संघमा आवद्ध यातायात मजदुरहरु पेशागत हकहितको लागि विभिन्न योजनाहरु ल्याउने जनाउँदै मजदुरहरुलाई एकजुट भएर आफ्नो अधिकारको लागि आवाज उठाउन जोड दिनुभयो ।
प्रहरी नायव निरिक्षक खत्रीले चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी दिदै ट्राफिक नियमकोे पालना गर्न सके दुर्घटना न्यूणीकरण गर्न मद्धत गर्ने बताए ।चालकहरुले गतिमा भन्दा पनि यात्रु र यात्राको सुरक्षामा प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिदैं ट्राफिक नियम ट्राफिक प्रहरीको लागि नभएर आफ्नै लागि हो भन्ने सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।
संघको यस्ता कार्यहरुले ईरिक्सा चालकहरुलाई पनि हौशला दिएको भन्दै आफुहरु ट्राफिक नियमको पालना गर्न प्रतिवद्व रहेको रिक्सा चालक केदार प्रसाद तिमल्सिनाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !