काठमाडौं । गायक राजेश पायल राईमाथि भएको दुर्व्यवहारपछिको विषय साम्य भएको छ । गायक राईमाथि आक्रमण गर्ने दावा पासाङ शेर्पाले माफि मागेसँगै उक्त विषय साम्य भएको हो ।आइतबार अमेरिकास्थित न्यूयोर्कमा पञ्च भलादमीसहितको उपस्थितमा शेर्पाले गायक राईलाई एक बोतल रक्सी राखेर क्षमा मागेका थिए ।

किरात समुदायको परम्परागत संस्कार अनुसार कसैले गल्ती गरे समाज सामू एक वोतल रक्सी राखेर ढोगवेद गरे मेलमिलाप हुने अर्थात क्षमा दिने गरिन्छ । जसलाई किरात समुदायमा ‘शिर उठाउने’ भनिन्छ ।गायक राईमाथि प्रस्तुति दिँदै गर्दा स्टेजमै आक्रमण गरिएपछि उक्त विषयले सामाजिक संजाल तथा सांगीतिक क्षेत्रमा तरङ्ग पैदा भएको थियो ।
उक्त घटनप्रति संगीतसँग सम्बन्धित संस्था तथा व्यक्तिहरुले घोर भत्र्सना गरेका थिए । उता आक्रमणमा परेका राईले भने कुनै पनि नकारात्मक टिप्पणी गरेका थिएनन् ।बरु उनले पछाडीबाट आएका अंगालोहरु स्वीकार्य रहेको । तर अगाडिबाट आएको ज्वालामुखी पनि निल्न सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा भर्सटाइल गायक राजेशपायल राई ‘राइज किङ’ माथि हातपात नभएको आयोजकले स्पष्टीकरण दिएको थियो ।
बुद्ध ट्याक्स एण्ड अकाउन्टिङका पशुपति श्रेष्ठले फ्यानले बारम्बार भेट्न खोज्दा पनि सुरक्षाकर्मीले नदिँदा झुक्याएर स्टेजमा गएर गायक राईले गीत गाइरहेकै अवस्थामा पछाडिबाट अंगालो हाल्दा हातपात गरेजस्तो देखिएको बताए ।उनले भने, ‘पछाडिबाट अंगालो हाल्दा हातपात भएको भन्ने सत्यता होइन ।
उहाँ (गायक राजेशपायल राई) लाई सुरक्षाकर्मीले कसैलाई माथि उक्लिन नदिँदा युवक उक्लिएका थिए ।’आयोजक श्रेष्ठले गायक राईलाई केही नभएको र कसैले त्यस्तो नकारात्मक नसोचिदिन आग्रह गरेका छन् । लाखौँ दर्शकको मन मुटुमा बसेका गायक राई सबैको प्यारो भएको पनि उनले बताए ।
नयाँ वर्ष २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि हातपात भएको थियो । ।हातपात भएको सार्वजनिक भिडियोमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मार्ने प्रयास गरेका थिए ।यसरी हातपात हुनासाथ आयोजकले स्टेजबाट उक्त युवकलाई बाहिर निकालेका थिए ।
