Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शेखर कोइरालाले बोलाए आफू पक्षीय बैठक सभापति देउवाविरुद्ध मोर्चाबन्दीमा


शेखर कोइरालाले बोलाए आफू पक्षीय बैठक सभापति देउवाविरुद्ध मोर्चाबन्दीमा

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाइएका छन् । उनले राजधानीको बसेरा होटलमा बुधबारका लागि बैठक बोलाएका हुन् ।दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा आफू समूहबाट १४ औं महाधिवेशनमा उम्मेदवार बनेका नेताहरु, प्रदेशका उम्मेदवार र नेताहरुलाई सहभागी हुने बताइएको छ ।

बैठकमा गत महाधिवेशनका सन्दर्भ र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ । यस्तै पहिलो र दोस्रो केन्द्रीय समितिको बैठकको निर्णयका साथै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहप्रति देखाएको अनुदारताका विषयमा पनि छलफल हुने एक नेताले बताए । कोइराला पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए भने देउवासँग पराजित बनेका थिए ।

यसअघि कोइरालाले आफूले काँग्रेसमा गुटको राजनीति नगर्ने बताएपनि बुधबारका लागि गुटको बैठक बोलाएका हुन् ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन समूहसँग प्रतिस्पर्धा गरेको डा. शेखर कोइरालाको समूहको प्रतिवद्धता थियो, महाधिवेशनसँगै गुटहरु सकिने छ । महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए भने कोइराला पराजित ।

तर महाधिवेशनपछि पनि गुटलाई संस्थागत गर्नु गलत भएको बताउने कोइरालाले पछिल्लो समय गुटगत छलफललाई तीव्रता दिएका छन् । सभापति देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको गुनासो डा. शेखर समूहका नेताहरुको छ ।

केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि सभापति देउवाले नेताहरुको वरियता तोके । सभापतिमा दोस्रो मत पाएका कोइरालालाई २० औं वरियतामा राखेपछि उनीनिकट नेताहरु रुष्ट भए । वागमती प्रदेशमा मन्त्रीहरु छनोट गर्दा रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई भाग दिए, तर डा. शेखरसँग परामर्शसमेत गरेनन् ।सभापति देउवाले दुई पटक गरेर १३ जना केन्द्रीय सदस्य मनोनित गरे ।

कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएकाले यो देउवाको विवेकको निर्णय थियो । तर उनले रामचन्द्र पौडेलबाहेक सबै आफूलाई मत दिनेलाई मात्र मनोनित गरे । पार्टीमा आफूलाई मत नदिनेको पनि सभापति हुने र सबैलाई समेटेर लैजाने प्रतिवद्धता विपरीत सभापति देउवाले फेरि गुटलाई अगाडि बढाउन खोजेको आरोप कोइराला समूहको छ ।


देउवाले आइतबार सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेर राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट गरे । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई बोलाएका देउवाले डा. शेखरलाई सम्झिएनन् । सोमबार केन्द्रीय कार्यसमितिबाट उम्मेदवार चयन गर्दा पनि उनले शेखरको साटो पौडेलसँग परामर्श गरे ।मंगलबार भएको छलफलमा यो समूहका नेताहरुले ४० प्रतिशत मत पाएका डा. शेखरलाई नेताकै रुपमा स्वीकार गर्न नखोजेको निष्कर्ष निकालेका छन् ।
नेताहरुका अनुसार महाधिवेशनमै सहभागी नभएका रामचन्द्र पौडेललाई ‘स्पेस’ दिइरहेको भन्दै यो समूहका एक नेता भन्छन्, ‘पौडेललाई यो समूहको नेताका रुपमा व्यवहार गर्नुभएको हो भने त्यो गलत हो ।

हाम्रो समूहको नेता शेखर कोइराला हो । उहाँलाई पनि समेटेर लैजाने उदारता पार्टी सभापतिले देखाउनुभएको छैन ।’ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएपनि पौडेलले अप्रत्यक्ष रुपमा देउवालाई नै सहयोग गरेको कोइराला समूहको दाबी छ ।


डा. शेखरले आफूले गुटलाई निरन्तरता दिन खोजेको नभई पार्टीभित्र न्याय खोजेको धारणा राखेका थिए । ‘म गुटका नाममा भागबण्डा खोज्दिन, तर पार्टीमा सबैलाई न्याय चाहिन्छ भन्ने पक्षमा छु,’ उनले भने, ‘सभापतिले जुनियरलाई मनोनित गर्दा हाम्रातिर भएका सिनियर साथीहरुलाई छुटाउनुभयो, यो न्यायोचित भएन ।’मंगलबारको छलफलमा कोइरालासहित धनराज गुरुङ, चन्द्र भण्डारी, गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत थिए ।

‘सभापति देउवा महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका कोइरालासँग सहकार्य गरेर अगाडि बढ्ने पक्षमा देखिनुभएन । उहाँले शेखर समूहलाई शक्तिका रुपमा स्वीकार गरेको पाइएन,’ छलफलको निष्कर्ष सुनाउँदै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भनेका छन्, ‘हामी सभापतिलाई सहयोग गर्न चाहन्छौं, तर उहाँले त्यो व्यवहार देखाउनुभएन ।’उनले अघि भने, ‘हामीले भागबण्डा खोजेका होइनौं, साझेदारी चाहेका हौं ।

त्यो व्यवहार सभापतिबाट होस् भन्ने हाम्रो अपेक्षा हो । तर उहाँ एक्लै जान खोज्नु शुभ शंकेत होइन ।’ त्यसैले आगामी रणनीति बनाउन छलफलमा जुटेको यो समूहले बुधबार आफ्नो समूहबाट महाधिवेशनमा उम्मेदवार बनेका पदाधिकारी, केन्द्रीय सदस्यका साथै प्रदेश सभापतिहरुसँग छलफल गर्दैछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

5 months पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

6 months पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

6 months पहिले
प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई
जनप्रभाबन्युज विशेष

प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई

10 months पहिले
पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि
जनप्रभाबन्युज विशेष

पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

10 months पहिले
प्रधानमन्त्री ओली, देउवा र दाहाल आज एउटै मञ्चमा हुने
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री ओली, देउवा र दाहाल आज एउटै मञ्चमा हुने

10 months पहिले

ताजा समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh