काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको भूमिकको प्रशांस गरेका छन् । उनले ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भूमिका खेलेको स्मरण गराएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो लेखेका छन् । उनले लेखेका छन्–‘केपी ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भुमिका खेल्नु भो । पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउदैछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !