आलोक यादव / लहान । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेको सरुवा भएको छ । पाण्डेले २०७८ वैशाखमा सिराहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।

पाण्डेलाई सरुवा गरेर काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा कार्यरत एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई सिराहा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।
पाण्डेलाई काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

















