काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध निर्वाचित गरे पनि अन्य पदाधिकारीको टुंगो लगाएको छैन ।

सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गरेपछि अन्य पदाधिकारीको टुंगो नलगाई पुस २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो ।साथै, २५ गतेअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने अध्यक्ष प्रचण्डले बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले मंगलबार वर्षमान पुन र ओनसरी घर्ती चीनबाट फर्किने र उनीहरुसँग पनि सल्लाह गरेर पदाधिकारी चयन गरिने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !