काठमाडौं । नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले नेपाल आयल निगमले २०५८ सालपछि बोनस नबाँडेको दाबी गरेका छन् ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति र स्वचालित मूल्य प्रणालीसम्बन्धी अन्तरक्रिया कार्यक्रमा निगमका प्रवन्ध निर्देशक पौडेलले तीन अर्बको फिगरले गर्दा बोनसको कुरा जनमानसमा उठ्ने गरेको बताउदै २०५८ सालपछि बोनस बाँडिएको मिति गिममा नभएको दाबी गरेका हुन् ।
उनले आयल निगमले मूल्य बृद्धि गर्नु रहर नभई बाध्यता भएको तर्क गरे । उनले नेपालमा पेट्रोलियम पदार्थको शुद्धतामा कुनै सम्झौता नगरिने जानकारी दिदै नेपालमा यूरो मापदण्डको पेट्रोल समेत आयात गरिएको बताए ।
नेपालमा पाइपलाइनबाट पेट्रोल आयात गर्दा शुद्धतामा कमी नआएको बताउदै पौडेलले नेपाल आयल निगमको ल्याब नै भरपर्दो भएकाले शुद्धतामा शंका नगर्न आग्रह गरे ।
उनले नेपालमा दुइवटा पाइपलाइन बन्ने अवस्थामा रहेकाले पेट्रोलियम पदार्थ आयातमा अझै सहज हुने बताए । नेपालमा पेट्रोलियम पदार्थको सहज तरिकाले आयत गर्नुपर्ने कार्यक्रममा सहभागिहरुको भनाइ थियो ।
