काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सेनाको अधिकृत तहमा २२९ जनाका लागि भर्ना खोलेको छ ।

सेनाको कार्यरथी विभाग, भर्ना छनौट निर्देशनालयका अनुसार अधिकृत क्याडेटमा १२० जनाले खुला तर्फ प्रतिस्पर्धा गर्न पाउनेछन् । बाँकी आरक्षित वर्ग र क्षेत्रका लागि हुनेछ ।


















