काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शिवहरी सापकोटालाई सडक विभागको महानिर्देशकमा सरूवा गरेको छ। बुधबारको मन्त्रीस्तरीय निर्णयले सापकोटालाई सरूवा गर्ने निर्णय गरेको हो। सापकोटाले बिहीबार नै मन्त्रालयबाट चिठ्ठी बुझिसकेका छन्। चार महिनाका लागि सापकोटाकलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ। उनी बैशाखमा रिटार्यड हुँदैछन्।

सापकोटा २०५२ सालमा सरकारी सेवामा तत्कालीन हवाइ विभागमा इन्जिनियरको रुपमा नियुक्त भएका थिए। २०५७ सालमा सडक विभागमा सरुवा भए। २०६३ सालमा सिनियर डिभिजनल इन्जिनियरमा बढुवा भएका थिए। त्यसको ६ बर्षपछि अर्थात २०६९ सालमा सहसचिवमा बढुवा भएका थिए।
उनले सडक डिभिजन चरिकोटमा ६ बर्ष काम गरेका छन्। मन्त्रालयमा तीन बर्ष, ओखलढुङगामा एसियाली विकास बैकको प्रोजेक्टमा दुइ बर्ष, धनकुटामा डिभिजन प्रमुख भएर २ बर्ष,राष्ट्रिय सतर्कता केन्द्रमा १ बर्ष, पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयमा प्रमुखको रुपमा तीन बर्ष, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयमा डेढ बर्ष,सडक विभाग प्लानिङमा डेढ बर्ष काम गरिसकेका छन्। महानिर्देशक हुनु अघि उनी मन्त्रालयको भौतिक पूर्वाधार निर्माण तथा यातायात महाशाखामा थिए। आजै दिउसो उनी महानिर्देशकको रुपमा हाजिर हुदैछन्।
२०६९ सालमा सापकोटासंगै केशव कुमार शर्मा र अर्जुन जंग थापा पनि सहसचिवमा बढुवा भएका थिए। सुरुमा शर्मा महानिर्देशक भए। त्यतिवेला थापा र सापकोटा दुवै महानिर्देशक हुन इच्छुक थिए। २०७७ फागुन पहिलो साता थापा महानिर्देशक बने।
शर्माले करिव दुइ बर्ष विभागको महानिर्देशक भएर काम गर्ने अवसर पाए। तर थापा १० महिनामा नै सरुवा भए। उनलाइ मन्त्रालयमा भौतिक पूर्वाधार निर्माण तथा यातायात महाशाखाको जिम्मेवारी दिइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !