सिन्धुली । सिन्धुलीमा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार गोलन्जोर गाउँपालिका वडा नं.७ अँधेरी स्थित वि.पि.राजमार्गमा धरानबाट काठमाडौँ तर्फ जादै गरेको हायसमा सवार सप्तरी बोदेबरसाईन नगरपालिका ८ का अन्दाजि ७४ वर्षका उत्तिमलाल यादवले लुकाइछिपाइ लादैँ गरेको लागु औषध डायलक्स–डिसि सहित प्रहरीले पक्राउ गरेकोे हो ।

धरानबाट काठमाडौँ तर्फ जादै बा.५ ख ५५५९ नं.को यात्रु बाहक हायस गाडीमा सवार यादवको साथमा रहेको दुईवटा हाते झोला भित्रबाट सय एमएलको लागू औषध डायलक्स–डिसि दुइ सय बोतल बरामद गरिएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
लागु औषध सहित यादवलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

















