सिरहा । सिरहाको भगवानपुर गाउँपालिकामा पर्ने ठाडी बीओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक राम थापा मगरको मिलिभगतमा ठाडी , मरिकटोल नाकाबाट रातिको समयमा तस्करी बढ्न थालेको छ। ठूलो मात्रामा नेपालबाट भारत स्याउ,मटर , पराग, कस्मेटिक र रक्सीको तस्करी समेत भैरहेको छ । सो नाकाबाट गाई,भैंसी, रंगा ,किराना आइटम,सुर्ती,लत्ताकपडा ,कष्टमेटिक लगायत समानहरु रातभरी तस्करी भईरहेको प्रत्यक्षदर्शिहरु बताउँछन ।

त्यहाका व्यापारीहरुका अनुसार बीओपी इन्चार्ज थापाले जो तस्कर सँग आर्थिक साटगाठ छैन भने उसलाई समान सहित समातेर बीओपीमा लगेर उनीहरुको समान बुझाइ दिने डरत्रास देखाएर महिनवारीको वार्गेनिङ्ग गर्ने गर्छन र आर्थिक कुरो मिलिसकेपछि सामातेको समान छोड्ने गरेको स्वयम त्यहाका व्यापारीहरु बताउछन ।
यो नाकाबाट भैंसी र खसी बोका मरिकटोल र ठाडी सम्म पुग्ने र त्यहाबाट गाडीमा लोड गरेर नेपालको विभिन्न ठाउमा तस्करहरुले पुगाउने गर्छन । यो नाकाबाट ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहाको सन्युक्त टाेलिले मरिकटाे र गडियाबाट ठुलो परिमाणमा कपडा समाते पछि र सशस्त्र प्रहरीको बाहिनीबाट खटिएको टोलिले करिब १० लाख बराबरको र भारत बिहार धौन्कीमा एसएसबीहरुले कपडा समाते पछि तस्करीको पोल खुलेको थियो ।

नेपाल सरकारले विशेष गरि सशस्त्र प्रहरीलाई सीमासुरक्षा र चोरी तस्करी रजस्व चुहावट रोक्नको लागि सिमानाकामा खटाएको छ तर सिमामा खटिएको सशस्त्र प्रहरीले नै लक्ष्मी मोहमा परेर तस्करीको बढावा दिएको पाईन्छ । चोरी तस्करी नरुक्नुले सशस्त्र प्रहरी माथि प्रश्न चिन्ह खडा भएको छ ।

















