जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजनाहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिनु भएको छ ।राष्ट्रीय योजना आयोगले आज जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले मातहतका अधिकारीहरुलाई उक्त निर्देशन दिनु भएको हो ।

जानकारीको आभावमा प्रदेश तथा स्थानीय सरकारले सम्पुरक तथा विशेष अनुदान पर्याप्त मात्रामा प्राप्त गर्न नसेकको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सम्बन्धित अधिकारीहरुले प्रक्रिया बारे पोख्त हुन निर्देशन समेत दिनु भयो ।

राजनीति नेतृत्व भन्दा राष्ट्रसेवक कर्मचारीहरुलाई यस विषयहरुमा सजग हुनु पर्नेमा जोड दिनु हुँदै मुख्यमन्त्री राउतले जानकारीको आभावमा प्रदेशको विकास पछाडी परे जनताले माफ नगर्ने जिकिर गर्नु भयो ।

संघीय सरकारले बजेटको न्यायोचित बाँडफाँड नगरेको गुनासो गर्दै मुख्यमन्त्री राउतले बजेटको बाँडफाँड जनसंख्या, एचडिआई र बहुआयामिक गरिबीलाई आधार बनाएर गर्नु पर्ने मांग समेत गर्नु भयो ।


















