काठमाडौं । आज मुलुकको धेरैजसो स्थनमा पानी परिरहेको छ । मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको हो ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि नै केहीदिन पानी पर्ने संभावना रहेको जनाएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातसमेत भइरहेको छ ।
काठमाडौंमा भने दिउँसो केही समय रोकिएर पुनः पानी पर्न सुरु हुन सक्ने मौसमविदहरुले बताएका छन्। आज बिहान ६ बजे काठमाडौंको तापक्रम ८।६ डिग्री सेल्सियस रहेको तर पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

















