झापा । झापाकाे दमक नगरपालिका २ भाङबारीमा मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ ।

प्र १–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल गए राति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । लाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती ४ का १९ वर्षका किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ वर्षीय अनिल लामगादेको घटनास्थलमै मृत्यु भएको हाे ।
उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेका उनीहरू तीनै जना एकै मोटरसाइकलमा सवार थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !