काठमाडौं । साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेकोलागु

अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा ती उजुरी परेका हुन् ।उजुरी परेका मध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । उनका अनुसार २२९ वटा घटनाको छानबिन सकिएको छ ।यही अवधिमा १ हजार १४५ जना प्रहरी कर्मचारीमा परेका छन् । कारबाहीमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) ३, प्रहरी नायब उपरीक्षक (डीएसपी) ४, प्रहरी निरीक्षक (इन्स्पेक्टर) १२, प्रहरी नायब निरीक्षक (सई) ४६ र प्रहरी सहायक निरीक्षक (असई) ४६ जना छन् ।
त्यस्तै, ३०५ जना हवल्दार कारबाहीमा परेका छन्, ६७५ प्रहरी जवान र १४ प्रकाश कारबाहीमा परेका छन् । प्रहरीले यही अवधिमा एक हजार ९८० जनालाई प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरेको छ ।पुरस्कार पाउनेमा एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी), ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २१ जना एसपी, ७७ जना डीएसपी, १६४ जना इन्स्पेक्टर, २४६ जना सई र २८८ जना असई छन् ।
यही अवधिमा ४४१ जना हवल्दार, ७३३ जवान र ३ जना प्रकाश पनि पुरस्कृत भएका छन् ।प्रहरी प्रवक्ता कुँवर गत वर्षको तुलानामा पुरस्कार पाउनेको संख्या १७.१६ प्रतिशतले बढेको बताउँछन् । त्यसो त सजाय पाउनेको संख्या पनि २१.२९ प्रतिशतले बढेको छ । प्रहरी कर्मचारीविरुद्ध सार्वजनिक निकायमा पर्ने उजुरीको संख्या चाहिँ ३.६७ प्रतिशतले घटेको कुँवरले बताए ।

















