रुपन्देही । भारतबाट अवैध रुपमा भित्र्याइएको चाँदीसहित दुई जना पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ४० वर्षीय कुरेश सुनार र सोही स्थानका २४ वर्षीय अनिल वर्मा पक्राउ परेका हुन् ।

उनीहरुले ४ लाख ७० हजार ९ सय ८१ रुपैयाँ बराबरको ४ किलो ९ सय ग्राम चाँदी ल्याउँदै गर्दा कोटहीमाई गाउँपालिका–६ दुई मुहानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु १९ प ५१५९ नम्बरको मोटरसाइकलमा उनीहरुले भारतबाट अवैध रुपमा चाँदी ल्याएका थिए । त्यस्तै प्रहरीले मायादेवी गाउँपालिका–६ बाट २ सय मिटर काचो कपडा र ६ बोरा चिनी गरी ६ लाख २ हजार ४ सय ८१ बराबरको सामान स्थानीयको रोहबरमा बरामद गरेको छ ।

















