काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् ।केसी २६५० मत पाएका छन् । उनले खुलातर्फ ३५ जनाका लागि उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्यमा निर्वाचित केसी महामन्त्री गगनकुमार थापाका ससुरा हुन् । केसीले सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट उम्मेदवारी दिएका थिए ।
नुवाकोट कांग्रेसमा भाँडभैलो मच्चाएका कारण सबै निर्वाचिन क्षेत्रहरू कांग्रेसले हारेको छ । केसी परिवारले कांग्रेसभित्र ठूलो गुटबन्दी चलाएको छ ।
आफ्नो पारिवारिक स्वार्थका लागि केसी परिवारले कम्युनिस्टलाई बेलाबेला समर्थन गर्दै आएको आरोप छ ।

















