काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा गृहमन्त्री बालकृष्ण खाण निर्वाचित भएका छन् ।

आइतबार साँझ सार्वजनिक भएको अन्तिम नतिजाअनुसार खाण २८७९ मतसहित निर्वाचित भएका हुन् । खाणले तेस्रो स्थानमा सबैभन्दा लोकप्रिय मत पाएका छन् ।
सभापति शेरबहादुर देउवाको टिमबाट खाणले खुलातर्फको ३५ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।

















