काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वायुसेवा कम्पनीहरुका अध्यक्ष, प्रवन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख तथा उच्चपदस्थ पदाधिकारीबाट नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।

संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । थापाले यसअघि तीन पटक संघलाई नेतृत्व गरिसकेका छन् ।सो अवसरमा थापाले आफ्नो कार्यकालमा वायुसेवाको सुरक्षास्तरलाई अझै उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणमा बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने भन्दै उनले यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हातेमालो गरिने बताए ।
विमानस्थलहरुमा चराचुरुङ्गी तथा जनावरको उपस्थितिले हवाई सुरक्षाका चुनौती बढेको घटनासमेत बढी रहेको भन्दै उनले यसले जहाजहरु ग्राउण्डेड भएको बताए । संघको २१ औं साधारणसभाबाट उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल चयन भएका छन् । द्वितिय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई र तृतिय उपाध्यक्षमा निमा नुरु शेर्पा (अल्टिच्यूड एयर) चुनिएका छन् ।
महासचिवमा मनोज कार्की (समिट एयर), सचिवमा राजु न्यौपाने (मनाङ्ग एयर), कोषाध्यक्षमा रुपेश जोशी (बुद्ध एयर) छानिएका छन् ।सदस्यमा फुरु ग्याल्जे शेर्पा (हेली एभरेष्ट), सुवास अमात्य (प्रभु हेलिकप्टर), अनिल मानन्धर (श्री एयरलाइन्स), प्रज्वल थापा (गुण एयरलाइन्स), श्रीहरि कुँइकेल (कैलाश हेलिकप्टर सर्भिसेस्) र बालकृष्ण पण्डित (एयर डाइनेष्टि हेलि सर्भिसेस्) चयन भएका छन् ।

















