काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा सम्पन्न भएको मतगणनामा सभापति शेरबहादुर देउवा प्यानलका जीवन शाहीलाई पराजित गर्दै शेखर कोइराला प्यानलका पाण्डे विजयी भएका हुन् ।
सहमहामन्त्रीमा निर्वाचित पाण्डेले २४११ मत ल्याएका छन् भने कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शाहीले २१३३ मत पाएका छन् ।
त्यस्तै, चेतराज बरालले ९९ मत पाएका छन् ।

















