काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब हुने राष्ट्रियसभा र उपनिर्वाचनको सबै सिट गठबन्धनले जित्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा अखिल किसान महासंघको समन्वयमा उद्धार स्वयंसेवक आबद्ध समाजिक संस्था नेपालले आयोजना गरेको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै नेपालले राष्ट्रियसभाको जम्मै सिट जित्ने र उपनिर्वाचन भएपनि सबै सिट गठबन्धनले नै जित्ने बताएका हुन् ।
त्यस्तै नेपालले बैशाखमा स्थानीय तहको निर्वाचन जित्ने दावी गरे । उनले सबैखाले निर्वाचनमा जित्नको लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
त्यस्तै उनले कृषिमा नयाँ–नयाँ प्रविधिलाई उपयोग गर्दै उत्पादनमुखी बनाउनुपर्ने धारणा राखे । सहकारीको अधिकतम प्रयोगमा पनि उनले जोड दिए । उक्त कार्यक्रममा बिभिन्न स्थानका किसानहरुलाई सम्मान गरिएको थियो ।

















